मलमासमा तुलसि सम्बन्धि नियम

मलमासमा भगवान् विष्णुको पूजा गरिन्छ र विष्णुलाई तुलसी अति प्रिय छ । त्यसैले यो महिना तुलसीसँग सम्बन्धित केही गल्ती गर्नु हुँदैन । मलमासमा भगवान् विष्णुलाई तुलसीको दल चढाउँदा वा तुलसीको पूजा गर्दा उनी प्रसन्न हुन्छन् ।
नगरौं यी काम
१. बेलुका तुलसीको पूजा गर्दा यसको बोटलाई पटक्कै छुनुहुँदैन । यसले लक्ष्मीलाई क्रोधित बनाउँछ ।
२. तुलसीको पूजा गर्दा महिलाहरूले केस खुला राख्नु हुँदैन भन्ने मान्यता छ । तुलसी पूजाको समयमा कपाल बाँध्नुपर्छ ।
३. यदि पूजाका लागि तुलसीका पात टिप्न चाहनुहुन्छ भने, तिनलाई आफ्नो नङले थिचेर वा झटका दिएर चुडँनु हुँदैन । तुलसीको पात कोमलताका साथ टिप्नुपर्छ ।
४ . कतिपयले तुलसीलाई कपडा चढाएर त्यसलाई परिवर्तन गर्दैनन् । अन्य देवताहरू जस्तै तुलसीलाई चढाइएको कपडा पनि परिवर्तन गर्नुपर्छ ।
५. तुलसीमा जल चढाएपछि परिक्रमा गर्न बिर्सनुहुदैन । तुलसीलाई जल दिएपछि कम्तीमा ३ पटक परिक्रमा गर्नुपर्छ ।
६. एकादशी तथा आइतबार तुलसीमा जल चढाउनु हुँदैन। शास्त्रमा यस दिन तुलसी व्रत बस्छिन् भनिएको छ ।
प्रतिक्रिया