कामना सेवा विकास बैंकको १२.१२ सार्वजनिक

काठमाडौं । कामना सेवा विकास बैंक ली.ले ग्राहकहरूको कर्जाको लागि नयाँ ब्याजदर १२.१२ प्रतिशत सार्वजनिक गरेको छ ।
बैंकले आवासीय घर निर्माणको लागि आवास कर्जा, साना तथा मझौला व्यवसाय अन्तर्गत सरल व्यापार कर्जा र विद्युतीय सवारी साधन खरिद गर्दा बैंक ले १२.१२ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्ने जनाएको छ ।
बैंक का अनुसार आवासीय घर निर्माणको लागि कर्जा लिँदा अधिकतम ३० वर्षको लागि डेढ करोड सीमा भित्र रहने गरी धितो मूल्याङ्कित रकमको ६० प्रतिशत सम्म कर्जा लिन पाइने व्यवस्था राखिएको छ भने सरल व्यापार कर्जामा धितो मूल्याङ्कित रकमको ८० प्रतिशत सम्म मासिक व्याज मात्र तिर्ने वा मासिक किस्ताबन्दीमा भुक्तानी गर्ने गरी कर्जा उपलब्ध हुने बैंक ले जनाएको छ ।
त्यस्तै गरि विद्युतीय सवारी साधन खरिदमा खरिद मुल्यको ८० प्रतिशत सम्म कर्जा उपलव्ध हुने बैंक का नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहालले वताए । नायव प्रमुख कार्यकारी अधिकृत दाहालका अनुसार बैंक ले प्रवाह गर्ने यस्ता कर्जाहरु सम्पुर्ण कागजात पेश गरेको ३ दिन भित्रै स्वीकृत गरिसक्ने छ ।
कम ब्याजदरमा यो कर्जा सुविधा उपलब्ध गराई आफ्नो ग्राहकहरूलाई सशक्त बनाउने बैंकको लक्ष्य रहेको छ । पछिल्लो समय विद्युतीय सवारी साधनको लोकप्रियता बढ्दै गएको र सोही अनुरूप आफ्ना ग्राहकको माग पूरा गर्न समेत आफ्ना देशव्यापी शाखाबाट सहज रूपमा कर्जा उपलब्ध गराउने भएको बैङ्कले जनाएको छ ।
कामना सेवा विकास बैङ्कले देशव्यापी १३५ वटा सञ्जालहरू मार्फत ग्राहकहरूलाई यो सेवा प्रदान गर्ने छ साथै, समय सापेक्ष आफ्ना सेवाहरू थप गर्दै जाने बैंकको योजना रहेको छ ।
प्रतिक्रिया