सुन तस्करी प्रकरण : पक्राउ परेकालाई कम्तीमा ६ दिन हिरासतमा राखिने
नेपालखोज
२०८० साउन ७ गते २१:०३

काठमाडौं । सुन तस्करी प्रकरणमा आज पक्राउ परेकालाई कम्तीमा ६ दिन हिरासतमा राखिने भएको छ । उच्च अदालत पाटनले उनीहरूमाथि अनुसन्धानका लागि ६ दिनको समय दिएको हो ।
विभागले आज भन्सार अधिकृत सन्तोष चन्द, कुमार ढकाल र सरोज श्रेष्ठलाई पक्राउ गरेको थियो ।
भन्सार एजेन्टहरू रुक्मिला सुब्बा, सुदर्शन गौतम र यादव पराजुलीलाई पनि आजै पक्राउ गरिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया