सोमबार, वैशाख ८, २०८२

झन्डै ३० अंकले घट्दा दुई अर्ब ४२ करोडको सेयर कारोबार

नेपालखोज २०८० साउन ११ गते १५:२५

काठमाडौं । चालु आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक भएपछिको नेप्सेको ओरालो यात्राले साताको पाँचौ कारोबार दिन आज बिहिबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन आठ अंकले घटेको नेप्से आज पनि २९ दशमलव ७१ अंकले घटेर २१ सय २६ दशमलव ४८ अंकमा झरेको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव २६ अंकले घटेर चार सय तीन दशमलव ८४ अंकमा झरेको छ । नेप्सेमा आज दुई सय ७१ वटा कम्पनीहरुको ४४ हजार छ सय ७२ पटकको कारोबारमा ६२ लाख ७१ हजार सात सय ७७ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम दुई अर्ब ४२ करोड ५७ लाख ८० हजार पाँच सय ५४ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा १३ वटै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये वाणिज्य बैक समुहको सुचक १३ दशमलव १३ अंकले घटेर एक हजार तीन सय एक दशमलव ६४ अंकमा झरेको छ भने बिकास बैंक समुहको सुचक पनि ४७ दशमलव शुन्य पाँच अंकले घटेर तीन हजार नौं सय ७४ दशमलव ६० अंकमा झरेको छ ।

फाईनान्स समुहको सुचक पनि ४२ दशमलव ७६ अंकले घटेर एक हजार आठ सय ७४ दशमलव ४१ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि २६ दशमलव शुन्य नौं अंकले घटेर २३ सय ४७ दशमलव ७७ अंकमा झरेको छ ।

यसैगरी जीवन बीमा समुहको सुचक पनि दुई सय २२ दशमलव ६४ अंकले घटेर ११ हजार छ सय ७७ दशमलव ३३ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि एक सय ३८ दशमलव ४२ अंकले घटेर ११ हजार दुई सय ८२ दशमलव ११ अंकमा झरेको छ ।

यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि क्रमशः एक सय १९ दशमलव ८३, शुन्य दशमलव ९५, एक सय १३ दशमलव ४५, ५९ दशमलव ९३, शुन्य दशमलव २३, ३४ दशमलव शुन्य पाँच र ७८ दशमलव ९८ अंकले घटेका छन् ।

नेप्सेमा आज एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको प्रतियुनिट सेयर मुल्य सात दशमलव ३९ प्रतिशतले बढेर नौं रुपैंयाँ एक पैसामा प्रतियुनिट सेयर कारोबार हुँदा किसान लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य आठ दशमलव ६८ प्रतिशतले घटेर नौ सय ३६ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

शिवम सिमेन्टको भने आज छ सय १५ रुपैयाँ अन्तिम मुल्यमा १० करोड ५७ लाख ५९ हजार नौं सय ६६ रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया