छिमेकीका लागि ‘टाउको दुखाइ’ बने यी बलिउड स्टार
नेपालखोज
२०८० साउन ११ गते १८:११

काठमाडाैं । करीना कपुरले आफ्नो घरमा पार्टी आयोजना गरिन्, त्यस क्रममा त्यहाँ निकै हलचल देखिएको थियो । त्यतिबेला बढ्दो भिडभाड र होहल्लाका कारण छिमेकीहरु प्रहरी बोलाउन बाध्य भएका थिए ।
शाहिद कपुरको घरमा काम गर्ने मजदुरहरूले छिमेकीहरूलाई उत्पीडित गरे । त्यसपछि उनीहरूले पुलिसमा उजुरी दिएका थिए ।
रणबीर कपुरको घरमा रातिको पार्टीबाट डिस्टर्भ भएर छिमेकीले प्रहरीमा उजुरी दिएका थिए ।
ऐश्वर्या रायको सलमानसँग अफेयर चलिरहेका बेला सलमानले ऐशको घरबाहिर निकै हंगामा मच्चाएका थिए । त्यसपछि छिमेकीले यो कुरा प्रहरी सम्म पुर्याएका थिए ।
शक्ति कपुर धेरै पटक कपडा बिना करिडोरमा घुमेको देखेपछि छिमेकीले प्रहरीमा उजुरी गरेका थिए ।
आदित्य पञ्चोलीको पनि उनका छिमेकीहरूसँग झगडा भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया