मंगलबार, वैशाख ९, २०८२

लुम्बिनी विकास बैंकको नाफा ६१ करोड २४ लाख

नेपालखोज २०८० साउन १२ गते ११:५१

काठमाडौं । लुम्विनी विकास बैंकले आर्थिक वर्ष २०७९–०८० मा ६१ करोड २४ लाख ८२ हजार आठ सय चार रुपैंयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवमा भने बैंकको यस्तो नाफा ६३ करोड ७१ लाख ९३ हजार दुई सय ६५ रुपैंयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी तीन अर्ब ३८ करोड २८ लाख २१ हजार दुई सय ८६ रुपैंयाँ रहेको बैंकले आव २०७९–०८० मा ४९ अर्ब १३ करोड २० लाख ५९ हजार छ सय ६७ रुपैंयाँ निक्षेप संकलन गरी ४१ अर्ब ५६ करोड २५ लाख २४ हजार आठ सय ९२ रुपैंयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा एक अर्ब ८७ करोड४२ लाख आठ हजार छ सय ७९ रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन दशमलव शुन्य एक प्रतिशत कर्जा निष्क्रिय रहेको छ । स्प्रेड दर भने चार दशमलव ५८ प्रतिशत रहेको बैंकको वितरणयोग्य नाफा भने ३९ करोड २७ लाख ६२ हजार चार सय ६२ रुपैंयाँ रहेको छ ।

गत आवमा भने बैंकले ४२ अर्ब ८७ करोड ३९ लाख ७७ हजार पाँच सय ९२ रुपैंयाँ निक्षेप संकलन गरी ३८ अर्ब छ करोड ८० लाख २६ हजार चार सय ७२ रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ५३ करोड २३ लाख ६३ हजार एक सय ६३ रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा उक दशमलव ६८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।

स्प्रेड दर भने चार दशमलव २० प्रतिशत रहेको बैंकको वितरणयोग्य नाफा भने ४६ करोड तीन लाख ९४ हजार आठ सय १४ रुपैंयाँ रहेको थियो ।

प्रतिक्रिया