बिहीबार, वैशाख ११, २०८२

भगवान् शिवका प्रीय राशि

नेपालखोज २०८० साउन १३ गते ५:३४

साउन महिनालाई हिन्दू धर्ममा अति पवित्र मानिन्छ । शिवभक्तहरुका लागि यो महिना निकै विशेष छ । यो महिना शिवका भक्तहरू महाकाललाई प्रसन्न तुल्याउन व्यस्त हुन्छन् । साउन महिनामा पूर्ण भक्तिपूर्वक भगवान शिवको आराधना गर्नाले सबै मनोकामना पूरा हुने जनविस्वास छ ।

यो समय वा महिना केही राशिका लागि विशेष रहनेछ । शास्त्रमा यस्ता केही राशिका बारेमा उल्लेख छ जसलाई शिवको मनपर्ने राशि भनिन्छ । शिवजीले यी राशिका मानिसहरूलाई सधैं आशीर्वाद दिनुहुन्छ।

मकर राशि
ज्योतिष शास्त्र अनुसार मकर राशिका मानिसहरुमा भगवान शिवको कृपा सधैं रहन्छ । शनिदेव मकर राशिका स्वामी हुन । शनिदेवसँगै भोलेनाथको पनि कृपा हुन्छ । शनिदेव र भोलेनाथको कृपाले मकर राशिका मानिसहरूलाई जीवनमा हरेक सुख प्राप्त हुन्छ । मकर राशिका व्यक्तिहरूले विशेष गरी साउन महिनामा शिवलिंगमा जल चढाउनुपर्छ।

मेष राशि
मेष राशिका मानिसहरू प्रती भगवान शिव सधैं दयालु हुनुहुन्छ। यो राशि भोलेनाथलाइ सबैभन्दा मनपर्ने राशि मानिन्छ । मेष राशिका मानिसहरूले सधैं भाग्यको साथ पाउँछन् । उनीहरूले जीवनमा सबै भौतिक सुखहरू प्राप्त गर्छन् । यो राशि हुनेहरूले साउन महिनामा भगवान शिवको पूजा गरेपछि १०८ पटक ओम नमः शिवाय मन्त्र जप्नु पर्छ भने शिवलिंगलाई जलले अभिषेक गर्नुपर्छ।

वृश्चिक राशि
ज्योतिष शास्त्र अनुसार वृश्चिक राशिका मानिसमा पनि भगवान शिवको कृपा रहन्छ । यो राशिका स्वामी मंगल हुन् । यो राशिका मानिसहरुमा प्रबल इच्छाशक्ति हुन्छ । भगवान शिवको आशीर्वादले यीनिहरुले जीवनमा सफलता प्राप्त गरेरै छाडछन । वृश्चिक राशिका व्यक्तिले साउन महिनाभर शिव चालिसा पाठ गरे बिशेष लाभ मिल्छ ।

कुम्भ राशि
कुम्भ राशिका मानिस प्रति भगवान शिव कृपालु रहनुहुन्छ । यो राशिका स्वामी शनि हुन् । कुम्भ राशिका व्यक्तिहरूले आफ्नो बुद्धि तथा सकारात्मक सोच समाजको कल्याणका लागि लगाउँछन् । त्यसैले शिव यो राशिका मानिसहरूप्रति दयालु हुनुहुन्छ। साउन महिनामा कुम्भ राशिका व्यक्तिले व्रत बसेर शिवको पूजा गर्नुपर्छ । यसले जीवनमा सुख र समृद्धि ल्याउँछ ।

प्रतिक्रिया