घरमै शिवलिंगको अभिषेक गर्दा

साउन महिनामा दैनिक शिवलिंगमा जलाभिषेक गर्नु विशेष मानिन्छ। शिवलिंगमा जलाभिषेकलाई हिन्दू रीतिरिवाजमा सबैभन्दा विशेष अनुष्ठान मानिन्छ । यद्यपि साउन महिनामा शिवलिंगमा जल अर्पण गर्न दिनहुँ मन्दिर जाँदा धेरैलाई गाह्रो हुन्छ । यस्तो अवस्थामा धेरैले आफ्नै घरमा शिवलिंग स्थापना गरेर जलाभिषेक गर्छन्। घरमा जलाभिषेक गर्दा हामी प्रायः कुनै न कुनै गल्ती गर्छौं। सोमबार, साउन महिना, महाशिवरात्रि, मासिक शिवरात्रि जस्ता विशेष दिनहरूमा जलाaभिषेकको यो विधि प्रयोग गर्न सकिन्छ।
घरमा शिवलिङ स्थापित गरेर जलाभिषेक गर्ने विधि
-शिवलिंगलाई आफ्नो घरमा काँस वा तामाको थालमा राख्नुहोस् । शिवलिंगको अगाडि नन्दीको मूर्ति पनि राख्न सकिन्छ। भगवान शिवको आराधनाका साथसाथै उहाँको वाहन नन्दीको पनि नित्य पूजा गर्नु आवश्यक छ ।
– शिवलिंगमा जलाभिषेक गर्न आवश्यक चीजहरू सङ्कलन गर्नुहोस्। जसमा पानी, दूध, दही, मह, घिउ, चन्दनको पेस्ट, फूल तथा फलफूल समावेश हुन्छन । यसका अतिरिक्त त्यसमा पूजा सामग्रीहरु घण्टी, अगरबत्ती, कपूर , दियोआदि पनि राख्नु पर्छ ।
-शिवलिंगको पुजा र जलाभिषेक गर्नुअघि नुहाएर सफा कपडा लगाउने ।
– अब शिवलिंगमा जल चढाएर अभिषेक सुरु गर्ने। जलाभिषेकका लागि पन्चपात्रो प्रयोग गर्न सकिन्छ। यसमा स्टिलका भाँडाहरू प्रयोग गर्नुहुँदैन ।
– शिवलिंगमा जलाभिषेक गर्दा भगवान शिवको १०८ नाम जप गर्नुपर्छ वा ओम नमः शिवाय पनि जप गर्न सकिन्छ।
– यसपछि शिवलिङ्गमा एक कचौरा काँचो दूधले अभिषेक गरे पछि थोरै मात्रामा जल चढाएर शिवलिंगलाई शुद्ध गर्नुपर्छ ।
– अब शिवलिंगमा दही चढाउनुहोस् र फेरि जल चढाउनुहोस्। त्यसपछि घ्यू चढाएर जल चढाउनुपर्छ । मह चढाएर जलाभिषेक गर्ने । यसमा पञ्चामृतका साथ चन्दनको अभिषेक पनि गर्न सकिन्छ । पञ्चामृतमा केरा, मह, चिनी मिठाई, दूध तथा घिउको मिश्रण समावेश हुन्छ । पञ्चामृत अर्पण गरेपछि फेरि एक पटक जलले शिवलिंगलाई शुद्ध गर्नुपर्छ । अब बिस्तारै थालीबाट शिवलिंग र नन्दीको मूर्ति निकालेर सफा कपडाले पुछ्नुपर्छ ।
– पूजास्थलबाट अभिषेक थाली हटाएर शिवलिंग तथा नन्दीलाई पुन आफ्नो वेदीमा राख्नुे ।
– शिवलिंगमा चन्दन, अक्षता , जनै , बेलपत्र, धतुरोको फूल र फल, धूप, नरिवलको टुक्रा आदि अर्पण गर्ने ।
– अन्तमा आरती गरेर पूजाको समापन गर्ने ।
प्रतिक्रिया