आइतबार, वैशाख ७, २०८२

डेंगुको खतरनाक स्ट्रेन देखापर्‍याे, लामखुट्टेको टोकाइबाट बच्न के गर्ने ?

नेपालखोज २०८० साउन १४ गते ८:१२

काठमाडाैं । गत महिनाको तुलनामा अस्पतालहरूमा डेंगुका बिरामीको सङ्ख्यामा वृद्धि भएको देखिएको छ । यसपटक गम्भीर कुरा के छ भने धेरैमा अनुसन्धानका क्रममा डेंगु डेनभ–२ को खतरनाक स्ट्रेन फेलापरेको छ । अनुसन्धानकर्ताहरू भन्छन्-डेंगुको यो स्ट्रेन हाम्रो स्वास्थ्यका लागि धेरै दृष्टिले हानिकारक हुन सक्छ, जसका कारण हेमोरेजिक ज्वरोको जोखिम उच्च हुन सक्छ।

भारतमा दिल्ली सरकारले जीनोम सिक्वेन्सिङका लागि पठाइएका २० मध्ये १९ वटा डेंगु नमूनामा DENV-2 पत्ता लागेको बताएको छ। यो एक गम्भीर समस्याको कारक हुन सक्छ, जसका बारेमा हामी सबै सचेत हुन आवश्यक छ ।

डेंगु भाइरसका चार प्रकारका सेरोटाइप छन्- DENV-2, DENV-3 र DENV-4। DENV-2 । यसमा DENV-2 गम्भीर मानिन्छ । स्वास्थ्य विज्ञहरुका अनुसार यसबाट मृत्यु हुने दर धेरै नभए पनि दोस्रो पटक भए ज्यान जान सक्छ ।

विभिन्न प्रकारका डेंगुमध्ये DENV-2 लाई सबैभन्दा गम्भीर मानिन्छ। ज्वरो बाहेक यसले सामान्य डेंगु संक्रमणको दुई वा बढी लक्षण निम्त्याउन सक्छ। डेनभ–२ को लक्षणका बारेमा डाक्टरहरु भन्छन्, ‘यस प्रकारको डेंगुका बिरामीलाई सामान्यतया उच्च ज्वरो आउने, बान्ता हुने, जोर्नी दुख्ने र उचित हेरचाह नगरे गम्भीर जटिलता देखिने हुन सक्छ । यसमा जोखिम पनि धेरै हुन्छ ।

धेरैलाई डेंगु संक्रमणको कुनै लक्षण वा चिन्ह नदेखिने चिकित्सकहरू बताउँछन्। टाइप – २ डेंगुले कतिपय मानिसमा उच्च ज्वरो (१०४ एफ) का साथै टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, आँखाको पछाडि दुख्ने, ग्रन्थीहरू सुन्निने, दाना र मांसपेशी, हड्डी वा जोर्नी दुख्ने समस्या निम्त्याउन सक्छ । डेंगुको गम्भीर अवस्थामा दिसा वा रगतसँगै बान्ता हुने समस्या हुन सक्छ। कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसहरूलाई डेंगु रोग लाग्ने उच्च जोखिम हुन्छ।

लामखुट्टेको टोकाइबाट बच्न

केही क्षेत्रमा बाढीका कारण डेंगु र मलेरियाका बिरामी बढेको चिकित्सकहरू बताउँछन् । आगामी महिनाहरूमा यसको जोखिम उच्च हुन सक्छ त्यसैले सबैले लामखुट्टेको टोकाइबाट बच्ने उपाय अवलम्बन गरिरहनुपर्छ । डेंगुसँगै मलेरियाका बिरामीको संख्या पनि बढ्दै गएको छ । लामखुट्टेको टोकाइबाट बच्न बिभिन्न विधि अपनाएर लामखुट्टेबाट सर्ने धेरै रोगहरूबाट जोगिन सकिन्छ।

प्रतिक्रिया