सोमबार, वैशाख ८, २०८२

२८ अंकले घट्दा एक अर्ब ९२ करोड रुपैंयाँको सेयर किनबेच

नेपालखोज २०८० साउन १६ गते १५:३४

काठमाडौं । नेप्सेमा पुन गिरावट आएको छ । अघिल्लो दिन झण्डै छ अंकले बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार भने २८ दशमलव ५९ अंकले घटेर दुई हजार ७७ दशमलव ५८ अंकमा झरेको छ ।

यसैगरी क बर्गका कम्पनीह्रुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव १३ अंकले घटेर तीन सय ९६ दशमलव ७२ अंकमा पुगेको छ ।

नेप्सेमा आज दुई सय ६२ वटा कम्पनीहरुको ४० हजार आठ सय ३७ पटकको कारोबारमा ६० लाख १५ हजार ६७ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब ९२ करोड ४४ लाख ३४ हजार आठ सय ९९ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकोमा सामुहिक लगानी कोष समुहको सुचक शुन्य दशमलव शुन्य पाँच अंकले बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । सो मध्ये वाणिज्य बैंक समुहको सुचक १२ दशमलव २३ अंकले घटेर १२ सय ९१ दशमलव १२ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि ७६ दशमलव २५ अंकले घटेर तीन हजाार आठ सय ५७ दशमलव ३१ अंकमा पुगेको छ ।

फाईनान्स समुहको सुचक पनि ४५ दशमलव शुन्य नौं अंकले घटेर १८ सय आठ दशमलव ८७ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि २९ दशमलव ९६ अंकले घटेर २२ सय ७५ दशमलव ५७ अंकमा झरेको छ ।

यसैगरी जीवन बीमा समुहको सुचक पनि दुई सय २२ दशमलव ५३ अंकले घटेर ११ हजार दुई सय ६९ दशमलव १० अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि दुई सय ७४ दशमलव ६४ अंकले घटेर १० हजार आठ सय एक दशमलव७० अंकमा झरेको छ ।

यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र ट्रेडिङ समुहको सुचक पनि क्रमशः एक सय २३, शुन्य दशमलव ७१, ७६ दशमलव ७७, ५४ दशमलव शुन्य नौं, १५ दशमलव १९ र ४४ दशमलव ८३ अंकले घटेका छन् ।

नेप्सेमा आज सुपरमोदी हाईड्रोपावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य चार दशमलव ६० प्रतिशतले बढेर तीन सय ९८ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएकोमा किसान लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य छ दशमलव ५४ प्रतिशतले घटेर आठ सय १५ रुपैंयाँ १० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

अपर तामाकोशी हाईड्रो पावर कम्पनीको भने आज चार सय १० रुपैंयाँ अन्तिम मुल्यमा आठ करोड ७४ लाख तीन हजार आठ सय ८५ रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया