आइतबार, वैशाख ७, २०८२

मुख्यमन्त्री उद्धव थापाले आज शपथ लिँदै

नेपालखोज २०८० साउन १७ गते ८:०५

काठमाडाैं । काेशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गाेपनियताकाे शपथ लिँदै छन् । मंगलबार बहुमत जुटाएर मुख्यमन्त्रीमा दाबी पेस गरेका थापाले आज साढे १० बजे शपथ ग्रहण गर्नेछन् ।

आजै मन्त्री परिषद् विस्तार गर्ने पनि थापाकाे तयारी छ । प्रदेश प्रमुखको कार्यालयले साढे १० बजेका लागि सपथ ग्रहणकाे तयारी भएको जनाएको छ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । थापाकाे पक्षमा ४७ र विपक्षमा ४६ मत छ । विश्वासको मत लिने बैठकमा एमालेले उपसभामुखलाई अनुपस्थित गराए वा राजीनामा गराए सत्तारूढ गठबन्धनबाट बैठकाे अध्यक्षता गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया