बाबू-छोरा सँगसँगै पर्दामा

काठमाडाैं । हिन्दी चलचित्र उद्योगमा यस्ता धेरै फिल्म बनेका छन् जसमा रियल लाइफका बाबु छोराको जोडी पर्दामा देखापरेको छ । यस्ता धेरै बलिउड फिल्ममा वास्तविक जीवनका बाबु-छोरा रिल लाइफमा एकसाथ क्यारेक्टर प्ले गरेको देखिएको छ । अचम्मको कुरा के छ भने यी बाबू – छोरा मध्ये केही सिल्भर स्क्रिनमा बारम्बार देखिएका थिए भने केही यस्ता पनि थिए जसको जोडी सिल्भर स्क्रिनमा फेरि दोहोर्याएर देखिएको छैन ।
धर्मेन्द्र-सनी र बबीको जोडी
बाबु-छोराको जोडीको कुरा गर्दा पहिलो नम्बरमा धर्मेन्द्र, सन्नी देओल र बबी देओल आउँछन् । उनीहरुको जोडी ‘अपने’, ‘यमला पगला दीवाना’, ‘यमला पगला दीवाना – २’, ‘यमला पगला दीवाना फिर से’ फिल्ममा देखिएका छन् । यस भन्दा पहिले धर्मेन्द्र र सनी देओलको जोडीले ‘सुल्तानत’, ‘सवेरे वाली गाडी’, ‘वर्दी’, ‘क्षत्रिय’, ‘कैसे कहु प्यार है’ मा सँगै काम गरिसकेका छन्।
पंकज कपूर र शाहिद कपूर
पंकज कपूरले आफ्नो उत्कृष्ट अभिनयले छाप छोडेका छन् भने उनका छोरा शाहिद कपूर पनि उत्कृष्ट अभिनेता हुन् । बाबु छोराको यो जोडी धेरै फिल्ममा देखिए पनि उनिहरुले सफलता भने पाउन सकेका छैनन । यी बाबु – छोरा ‘मौसम’, ‘जर्सी’, ‘मटरु की बिजलीका मण्डोला’ र ‘शानदार’ जस्ता फिल्ममा सँगै देखिएका छन् ।
ऋषि कपुर र रणवीर कपुर
ऋषि कपुर र रणवीर कपुरको नाम पनि बुवा छोराको जोडीको सूचीमा छ । यो जोडी फिल्म ‘बेशरम’ मा सँगै देखिएको थियो तर यो फिल्मले खासै केही गर्न सकेन र नराम्रोसँग फ्लप भयो । यो फिल्मपछि यो जोडी पर्दामा सँगै देखिएन । रणवीरको फिल्म ‘लक बाइ चान्स’मा पनि ऋषि कपूर देखिएका थिए तर उनले यो फिल्ममा केमियो गरेका थिए ।
अमिताभ-अभिषेकको जोडी
शताब्दीका मेगास्टार अमिताभ बच्चन छोरा अभिषेक बच्चनसँग धेरै फिल्ममा देखिएका छन् । यो जोडीका धेरै फिल्म सफल भएको छ भने कतिपय फिल्म नराम्रो सँग पिटिए । अमिताभ-अभिषेकले ‘सरकार’, ‘पा’, ‘बन्टी बबली’, ‘बोल बच्चन’, ‘कभी अलविदा ना कहना’, ‘झूम बराबर झूम’ जस्ता फिल्ममा सँगै काम गरेका छन् ।
प्रतिक्रिया