मंगलबार, वैशाख ९, २०८२

भिजि ईम्पेक्स र प्रभु बैंक लिमिटेडबीच वित्तीय सम्झौता

नेपालखोज २०८० साउन १८ गते ११:०६

काठमाडौं । भि.जि. ईम्पेक्स प्रा.लि. नेपालमा जि.डब्लु.एम सवारी साधनहरुको एकमात्र आधिकारिक आयातकर्ता र वितरकले प्रभु बैंक लिमिटेडसँग जि.डब्लु. एमको इलेक्ट्रिक गाडी ओरा ०३ ईभी को लागि वित्तीय (फाइनान्सिङ) सम्झौता गरेको छ ।

उक्त सम्झौतामा आज भि.जि.ईम्पेक्स –जि.डब्लु.एम नेपालका भाइस–प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रेनु प्रसाद पाण्डेले जि.डब्लु. एमको इलेक्ट्रिक गाडी ओरा ०३ ईभी लाई ग्राहकहरुका लागि फाइनान्सिङ सुविधा पहुँच योग्य बनाउने दिशामा महत्वपूर्ण कदमको रुपमा हस्ताक्षर गरेका छन् ।

जि.डब्लु.एमको इलेक्ट्रिक गाडी ओरा ०३ ईभी खरीद गर्न चाहने ग्राहकहरुलाई सहज रिटेल फाइनान्सिङ अनुभव प्रदान गर्नेे, प्रतिस्पर्धी ब्याजदर, र कर्जा अवधि उपलब्ध गराउने उद्देश्यका साथ यो सहकार्य गरिएको हो ।

प्रभु बैंकले १२ दशमलव शुन्य छ प्रतिशत ब्याजदर सहित अटो कर्जा प्रदान गर्नेछ र बैंकले आफ्नो निर्णयको आधारमा ब्याज दर समायोजन गर्न सक्नेछ । अटो लोन फाइनान्सिङको लागि, बैंकले व्यक्ति र फर्म दुवैको लागि कर्जा रकमको ८० प्रतिशतसम्म उपलब्ध गराउने छ साथै यसको नियमित अधिकतम कर्जा अवधि पाँच वर्ष हो, तर विशेष अवस्थामा, यो सात वर्षसम्म बढाउन सकिन्छ । थप रूपमा, शुन्य दशमलव ७५ प्रतिशतको प्रशासन शुल्क बैंकद्वारा चार्ज हुनेछ ।

ग्राहकहरूले अटो कर्जाको लागि आवश्यक कागजातहरू सहित नजिकैको प्रभु बैंक शाखामा गएर आवेदन दिन सक्नेछन् ।
जि.डब्लु.एमको बारेमा

जि.डब्लु.एम नेपालले हाभल एच ६, हाभल जोलायन, पावर, विङ्गल५ जस्ता विश्वव्यापी मोडेलहरूका साथ नेपालमा आफ्नो बलियो उपस्थिति स्थापित गर्न सफल भएको छ । अर्को पुस्ताको अत्याधुनिक अटोमोटिभ प्रोत्साहन गर्न प्रतिबद्ध, जि.डब्लु.एम नेपालले ग्रेट वाल मोटर्सबाट फ्युचरिस्टक मोडलहरू र प्रिमियम प्रस्तावहरू प्रस्तुत गरिरहेकोे छ ।

नेपालमा ग्रेट वाल मोटरको आधिकारिक आयातकर्ताको रूपमा, भि.जि. इम्पेक्सले जि.डब्लु.एमको विश्वव्यापी लाईन–अपहरू सफलतापूर्वक बजारमा ल्याएको छ र नेपालको अटोमोटिभ इकोसिस्टमलाई अगाडि बढाउँदै बिक्री र बिक्रीपछिका उत्कृष्ट सेवाहरूमा निरन्तरता दिँदै आएको छ ।

भर्खरै जि.डब्लु.एम नेपालले ईलेक्ट्रिक सवारी साधान अन्तर्गत ओरा ०३ प्रस्तुत नेपाली बजारमा सार्वजनिक गरेको छ । अहिले उपलब्ध टेष्ट ड्राइभहरू मार्फत रेट्रो आधुनिक शैली, उच्च–स्तरीय सुरक्षा मापदण्डहरू, आरामदायी सुविधाहरू, र अभूतपूर्व प्रविधि मिश्रित आकर्षणको अनुभव गर्नुहोस् ।

प्रतिक्रिया