तीन अंकले बढ्दा एक अर्ब ७८ करोडको सेयर किनबेच

काठमाडौं । नेप्सेमा झिनो अंकले सुधार आएको छ । अघिल्लो दिन नौ दशमलव २५ अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहीबार पनि तीन अंकले बढेर दुई हजार ८९ दशमलव ८४ अंकमा पुगेको छ ।
नेप्सेमा आज दुई दुई सय ६२ वटा कम्पनीहरूको ४० हजार सात सय ७४ पटकको कारोबारमा ५१ लाख ३० हजार पाँच सय २० कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम एक अर्ब ७८ करोड १९ लाख ४१ हजार सात सय एक रुपैयाँ ८१ पैसा पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरूको कारोबार भएकोमा पाँच वटा समुहहहरुको सूचक घटेर बाँकी रहेका समूहहरूको सूचक बढेका छन् । सो मध्ये वाणिज्य बैंक समूहको सूचक पाँच दशमलव ९५ अंकले बढेर एक हजार तीन सय सात दशमलव ५९ अंकमा पुगेको छ भने जीवन बिमा समूहको सूचक ६३ दशमलव ४७ अंकले बढेर ११ हजार तीन सय ७५ दशमलव ३९ अंकमा पुगेको छ ।
लघुवित्त समूहको सूचक पनि १० दशमलव ८९ अंकले बढेर तीन हजार आठ सय ३९ दशमलव ६६ अंकमा पुगेकोमा लगानी, उत्पादमुलक, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ समूहहरूको सूचक पनि क्रमशः शून्य दशमलव ११, १६ दशमलव ४१, शून्य दशमलव शून्य तीन, आठ दशमलव ९२ र ५१ दशमलव ७५ अंकले बढेका छन् ।
विकास बैंक समूहको सूचक भने आठ दशमलव शून्य दुई अंकले घटेर तीन हजार आठ सय ८८ दशमलव ६२ अंकमा झरेकोमा फाईनान्स समूहको सूचक पनि २८ दशमलव शून्य आठ अंकले घटेर एक हजार आठ सय १२ दशमलव ५२ अंकमा झरेको छ ।
यसै गरी जलविद्युत समूहको सूचक पनि १३ दशमलव १४ अंकले घटेर २२ सय ५६ दशमलव ७४ अंकमा झरेकोमा निर्जीवन बिमा समूहको सूचक पनि ४८ दशमलव ९८ अंकले घटेर १० हजार आठ सय १८ दशमलव १७ अंकमा झरेको छ ।
होटेल तथा पर्यटन समूहको सूचक भने आज ३३ दशमलव १२ अंकले घटेर पाँच हजार पाँच सय ९४ दशमलव ६९ अंकमा झरेको छ ।
नेप्सेमा आज सर्पोट लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर एक हजार ७६ रुपैयाँ ९० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा प्रोग्रोसिभ फाइनान्सको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव १९ प्रतिशतले घटेर तीन सय ६५ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसै गरी शिवम सिमेन्टको भने प्रतिकित्ता छ सय चार रुपैयाँ ७० पैसा अन्तिम मूल्यमा नौ करोड २३ लाख २६ हजार दुई सय १६ रुपैयाँको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीहरूको कुल कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
प्रतिक्रिया