साउनमा वास्तु उपाय

काठमाडौं । भगवान शिवको प्रिय महिना साउन महिना चलिरहेको छ, साउन महिनाको समापन श्रावण पूर्णिमाका साथ हुँदैछ । साउनमा भगवान शिवलाई प्रसन्न तुल्याउन विशेष पूजा, रुद्राभिषेक तथा मन्त्र जप गरिन्छ ।
साउनमा केही सहज वास्तु उपायहरू गर्ने हो भयो भने सुख, सौभाग्य तथा धन वृद्धिका साथै भगवान शिवको आशीर्वाद समेत प्राप्त हुन्छ ।
आँकको बिरुवा रोपौं :
आँकको बिरुवा भगवान शिवलाई प्रिय छ । उनको पूजामा आँकको फूल चढाइन्छ। साउन महिनाको सोमबार, प्रदोष व्रत वा शिवरात्रिमा घरबाहिर आँकको बिरुवा रोप्न सकिन्छ । यस्तो बिरुवा घरबाहिर निस्कँदा दायाँतिर हुनुपर्छ । आँकको बिरुवाले धन वृद्धि गर्न मद्दत गर्छ।
उत्तर-पूर्व दिशामा बेल :
भगवान शिवलाई बेलपत्र तथा बेलको बोट मन पर्छ । शिव पुराण अनुसार बेलको बिरुवा रोपिएको स्थान काशीजस्तै पवित्र हुन्छ । त्यहाँ गरिबी हुँदैन । बेलको बिरुवामा पानी हाल्दा भगवान शिव प्रसन्न हुनुका साथै परिवारमा पनि सुख-समृद्धि आउँछ । वास्तु अनुसार बेलको बोट उत्तर-पूर्व दिशामा रोप्नु पर्छ।
शिवलिंगलाई पूर्वोत्तरमा (ईशान कोण ) : साउनमा भगवान शिवको आशीर्वाद प्राप्त गर्न तथा परिवारको सुख समृद्धिका लागि घरको उत्तर-पूर्व कुनामा शिवलिंग स्थापना गर्न सकिन्छ । त्यसपछि त्यसको नियमित पूजा गर्नुपर्छ । ईशान कोणलाई देवताहरूको दिशा मानिन्छ।
घरमा शिव परिवारको तस्वीर :
घरमा पूजा गर्ने ठाउँमा भगवान शिव वा शिव परिवारको तस्बिर राख्नुपर्छ । वास्तु अनुसार शिव परिवारको तस्वीर उत्तर दिशामा राख्नु पर्छ । शिव परिवार पूर्णताको प्रतीक हो। घरमा शिव ताण्डवको मूर्ति वा शिवजीको क्रोधित मुद्राको तस्विर राख्नु उपयुक्त हुँदैन ।
घरको शुद्धि :
साउनमा हरेक दिन सम्भव नभए सोमबार, मंगलबार, प्रदोष व्रत र शिवरात्रिमा घरको मुख्य ढोका सफा गरी गंगाजलले शुद्ध गर्नुपर्छ । ढोकाको फ्रेममा स्वस्तिक वा ओमको प्रतीक बनाउन सकिन्छ । शिव परिवारका लागि घ्यूको दियो बाल्नु उपयुक्त हुन्छ । यति गरे भगवान शिवको कृपाले सुख र सौभाग्य बढ्नेछ ।
रुद्राक्षको प्रयोग :
भगवान शिवको पूजामा रुद्राक्ष प्रयोग गर्नुपर्छ । पूजा गरिसकेपछि रुद्राक्षलाई रातो रंगको कपडामा बाँधेर घरको मुख्य ढोकामा झुण्ड्याउनुपर्छ । यसले नकारात्मकता हटाउँछ । त्यो रुद्राक्षलाई धनको स्थान वा ढुकुटीमा राख्ने हो भने आर्थिक उन्नति हुनेछ ।
श्रीहरिलाई तुलसी :
शिवपूजामा तुलसी निषेध छ तर यसपटक साउन महिना चातुर्मासमा परेको छ । चातुर्मासमा भगवान विष्णुको पूजा गरिन्छ । श्रीहरिलाई तुलसी प्रिय छ। यस्तो अवस्थामा साउनमा घरको आँगनमा वा घरको उत्तर वा पूर्व दिशामा तुलसीको बिरुवा रोप्न सकिन्छ । भगवान विष्णुको नियमित पूजा गरेपछि तुलसिको मठमा घ्यूको दियो बाल्नुहोस् । यसबाट खुशी एवं सौभाग्य बढ्नेछ ।
प्रतिक्रिया