आइतबार, वैशाख ७, २०८२

चर्को तापक्रम ‘सामान्य’ बन्दै

नेपालखोज २०८० साउन २१ गते ५:४८

काठमाडाैं । वल्र्ड वेदर एट्रिब्युसन नेटवर्कमा प्रकाशित एक अध्ययनले उत्तरी अमेरिका, चीन तथा युरोपमा चरम गर्मीको लहरलाई जलवायु परिवर्तनको कारण बताएको छ । अध्ययन अनुसार गर्मीको लहरले जलवायु परिवर्तनको स्पष्ट संकेत देखाउँछ । यो अध्ययन अनुसार जलवायु परिवर्तनबिना गर्मीको लहरका घटनाहरू दुर्लभ हुन्छन्। यदि मानिसले उत्सर्जन गर्ने काम नगरेको भए २५० वर्ष पछि मात्र चीनमा यस्तो घटना घट्ने थियो ।

जुलाई २०२३ मा अमेरिकारमेक्सिको तथा दक्षिणी युरोपमा भैरहेको गर्मीको लहर आउन लगभग असम्भव हुने थियो। डब्लुएमओका अनुसार जुलाई १६ मा चीनको सिन्जियाङ प्रान्तको तापक्रम ५२।२ डिग्री सेल्सियस पुगेको छ जुन चिनकै उच्च तापक्रमको नयाँ रेकर्ड हो । त्यस्तै अमेरिकाको फिनिक्समा पनि लगातार ३१ दिनसम्म ४३ दशमलव ३ डिग्री सेल्सियसभन्दा बढी तापक्रम रेकर्ड गरिएको छ । यो बढ्दो तापक्रमले लु र हिट स्ट्रोक समेत ल्यायो जुन सबैभन्दा घातक प्राकृतिक प्रकोप मध्ये एक हो ।

गर्मीका कारण वर्षेनी हजारौंले ज्यान गुमाउने गरेका छन् । यस सम्बन्धमा १८ जुलाई २०२३ मा डब्लुएमओ विशेषज्ञहरूले एक मिडिया ब्रीफिङमा भने – गर्मीको लहरको पूर्ण प्रभाव अक्सर हप्ता वा महिनासम्म थाहा हुँदैन । डब्लुएमओका अनुसार फ्रान्स, ग्रीस, इटाली, स्पेन, अल्जेरिया तथा ट्युनिसियाले दिन – रातको तापक्रममा नयाँ कीर्तिमान कायम गरेका छन् । फिगुरेस ९क्याटालोनिया० तथा स्पेनमा १८ जुलाई २०२३ मा तापमान रेकर्ड ४५।४ डिग्री सेल्सियसमा पुगेको थियो ।

त्यस्तै, २४ जुलाई २०२३ मा इटालीको सार्डिनिया टापुको एउटा स्टेशनमा ४८।२ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो । जुलाई २३ मा अल्जेरियामा ४८।७ डिग्री सेल्सियस र ट्युनिसियामा ४९ डिग्री सेल्सियसमा उच्चतम तापक्रम रेकर्ड गरिएको थियो।

अमेरिकी राष्ट्रिय मौसम सेवाका अनुसार यस अवधिमा अमेरिकाको ठूलो भाग पनि गर्मीको चपेटामा थियो । धेरै ठाउँमा तापक्रम रेकर्ड स्तरमा पुगेको छ । अमेरिकी राष्ट्रिय मौसम सेवाले बारम्बार अत्यधिक गर्मी सम्बन्धि चेतावनी र सल्लाहहरू जारी गरिरहेको छ जुन १० करोड भन्दा बढी मानिसमा लागू हुन्छ।

यसैगरी ३१ जुलाई २०१३ मा जारी गरिएको पछिल्लो अपडेटमा प्रभावित क्षेत्रहरूमा घातक गर्मीको कहर अगस्ट ५ सम्म जारी रहने चेतावनी दिइएको छ । दक्षिण/मध्य र दक्षिणपूर्वी अमेरिकामा अधिकतम तापक्रम ४३ डिग्री सेल्सियस नजिक पुगेको छ। त्यहाँ, मियामी सहित फ्लोरिडाका धेरै भाग लामो समयसम्म रेकर्ड ब्रेक गर्मीको चपेटामा थिए । त्यस्तै, फिनिक्स, एरिजोनामा ३० जुलाईसम्म औसत तापक्रम ४३।३ डिग्री सेल्सियसभन्दा माथि रेकर्ड गरिएको छ।

उता क्यालिफोर्नियाको डेथ भ्याली नेशनल पार्कको फर्नेस क्रिकको तापक्रम १६ जुलाईमा ५३।३ डिग्री सेल्सियस पुगेको छ । विश्व मौसम विज्ञान संगठनका महासचिव पिटरी तालास भन्छन्- अत्यधिक गर्मीका बारम्बारक‍ घटनाले मानव स्वास्थ्य, पारिस्थितिक प्रणाली, अर्थतन्त्र, कृषि, ऊर्जा तथा पानी आपूर्तिमा असर गरिरहेको छ जसले गर्दा हरितगृह ग्यासहरूको उत्सर्जन बढ्छ । यसले हरितगृह ग्यासको उत्सर्जनमा तुरुन्तै कडा कटौती गर्ने आवश्यकता तर्फ चेतावनी दिन्छ ।
तालासका अनुसार दुर्भाग्यवश सामान्य बन्दै गएको यो अवस्थालाई अनुकूल बनाउन हामीले समाजलाई सहयोग गर्ने प्रयास बढाउनुपर्छ ।

प्रतिक्रिया