ग्रह, राशि तथा नक्षत्र अनुरुप रुद्राक्ष

मंगल ग्रह
मेष तथा वृश्चिक राशि, मृगशिरा ,चित्रा , धनिष्ठा नक्षत्रका लागी तिन मुखी रुद्राक्ष उत्तम मानिन्छ ।
शुक्र ग्रह
वृष तथा तुला राशि, भरणी, पूर्वफाल्गुणी एवं पूर्वषाडा नक्षत्र हुनेहरुले ६, १३ तथा १५ मुखी रुद्राक्ष धारण गर्नु उत्तम हुन्छ ।
बुध ग्रह
मिथुन र कन्या राशि तथा अश्लेषा, जेस्ठा एवं रोवती नक्षत्र हुनेहरुले चारमुखी रुद्राक्ष धारण गर्नु उपयुक्त हुन्छ ।
चन्द्र ग्रह
कर्कट राशि तथा रोहिणी, हस्ता र श्रवण नक्षत्र हुनेहरुले दुईमुखी गौरिशंकर रुद्राक्ष धारण गर्नुपर्छ ।
सूर्य ग्रह
सिंह राशि तथा कृतिका, उत्तर फाल्गुणी एवं उत्तराषाडा नक्षत्र भएकाहरुले एक अनि १२ मुखी रुद्राक्ष धारण गर्नुपर्छ ।
गुरुग्रह
धनु र मीन राशि र पुन्रवसु, विशाखु एवं पूर्वभ्रादपद नक्षत्र हुनेहरुले पाँचमुखी रुद्राक्ष प्रयोग गर्नुपर्छ ।
शनिग्रह
मकर र कुम्भ राशि तथा पुस्य, अनुराधा तथा उत्तराभाद्रपद नक्षत्र हुनेहरुले ७ अनि १४ मुखी रुद्राक्ष प्रयोग गर्न सक्छन् ।
राहु ग्रह
आद्रा र शतभिषा नक्षत्र भएकाहरुले आठ तथा अठारमुखी रुद्राक्ष धारण गर्नुपर्छ ।
केतुग्रह
अश्विनी, मघा तथा मूल नक्षत्र हुनेहरुले ९ तथा १७ मुखी रुद्राक्ष धारण गर्नुपर्छ ।
विशेष :
दश तथा एघारमुखी रुद्राक्ष नवग्रह दोष निवारणमा प्रयोग गरिन्छ ।
(साधना सिद्धि विज्ञानको रुपान्तर )
प्रतिक्रिया