सोमबार, वैशाख ८, २०८२

तीन अंकले घट्दा दुई अर्ब नौं करोड रुपैंयाँको सेयर किनबेच

नेपालखोज २०८० साउन २९ गते १५:३७

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से सामान्य अंकले घटेको छ । अघिल्लो दिन १४ दशमलव ८१ अंकले बढेको नेप्से आज तीन दशमलव ६१ अंकले घटेर दुई हजार ७७ दशमलव २४ अंकमा पुगेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव शुन्य छ अंकले बढेर तीन सय ९८ दशमलव १३ अंकमा चढेको छ । नेप्सेमा आज दुई सय ७९ वटा कम्पनीहरुको ६८ हजार आठ सय ४२ पटकको कारोबारमा ५४ लाख १७ हजार नौं सय २८ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब नौं करोड १३ लाख ९० हजार छ सय ३८ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा आठ वटा समुहहरुको सुचक घटेर बाँकी समुहहरुको सुचक बढेका छन् । सो मध्ये बाँणिन्य बैंक समुहको सुचक छ दशमलव ८७ अंकले बढेर १२ सय ९२ दशमलव ३० अंकमा पुगेकोमा बिकास बैंक समुहको सुचक पनि एक दशमलव १३ अंकले बढेर तीन हजार आठ सय ८४ दशमलव १५ अंकमा पुगेको छ ।

लघुवित्त समुहको सुचक पनि १४ दशमलव २४ अंकले बढेर तीन हजार सात सय ७६ दशमलव ७६ अंकमा चढेकोमा उत्पादनमुलक र सामुहिक लगानी कोष समुहको सुचक पनि क्रमशः ३७ दशमलव १९ र शुन्य दशमलव शुन्य आठ अंकले बढेका छन् ।

फाईनान्स समुहको सुचक भने पाँच दशमलव ४६ अंकले घटेर १७ सय ७५ दशमलव ९४ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि ३६ दशमलव शुन्य चार अंकले घटेर २२ सय १८ दशमलव २४ अंकमा झरेको छ ।

यसैगरी जीवन बीमा समुहको सुचक पनि पाँच दशमलव ७१ अंकले घटेर ११ हजार तीन सय ९१ दशमलव शुन्य तीन अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि एक सय छ दशमलव ३१ अंकले घटेर ११ हजार ६५ दशमलव १३ अंकमा झरेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि क्रमशः ९२ दशमलव ६८, शुन्य दशमलव १७, १० दशमलव १६ र ४१ दशमलव ३० अंकले घटेका छन् ।

नेप्सेमा आज थ्रि स्टार हाईड्रोपावर लिमिटेडको सेयर मुल्य नौं दशमलव ९८ प्रतिशतले बढेर तीन सय आठ रुपैंयाँ ५० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य छ दशमलव ४६ प्रतिशतले घटेर सात सय ६८ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

आईएमई लाईफ इन्स्योरेन्स कम्पनीको भने आज प्रतिकित्ता पाँच सय ८९ रुपैंयाँ ९० पैसा अन्तिम मुल्यमा ११ करोड २४ लाख ४१ हजार नौं सय ७९ रुपैंयाँको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया