मंगलबार, वैशाख ९, २०८२

आशा लघुवित्तको खुद मुनाफा तीन करोड ७८ लाख

नेपालखोज २०८० साउन ३० गते १३:२०

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले आर्थिक बर्ष २०७९/८० मा तीन करोड ७८ लाख ४९ हजार नौं सय सात रुपैंयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा १० करोड चार लाख दुई हजार तीन सय ४३ रुपैंयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ६४ करोड १६ लाख १६ हजार रुपैंयाँ रहेको संस्थाले आव २०७९/८० मा दुई अर्ब ८२ करोड ३९ लाख ९८ हजार नौं सय ८९ रुपैंयाँ निक्षेप संकलन गरी आठ अर्ब ८४ करोड दुई लाख ७६ हजार छ सय २८ रुपैंयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा २४ करोड ७२ लाख ६१ हजार छ सय ५६ रुपैंयाँ खुद व्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ९३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने वितरणयोग्य नाफा दुई करोड ९५ लाख २२ हजार नौं सय २७ रुपैंयाँ रहेको छ ।

अघिल्लो आवमा भने संस्थाले एक अर्ब ७३ करोड चार लाख ३८ हजार चार सय १७ रुपैंयाँ निक्षेप संकलन गरी चार अर्ब ९६ करोड ४९ लाख २३ हजार दुई सय ६६ रुपैंयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा ३२ करोड १२ लाख २६ हजार एक सय ६२ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ८५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।

प्रतिक्रिया