बायोपिकका लागि पूरै लुक परिवर्तन

काठमाडाैं । आलिया भट्टले गंगुबाई काठियावाडको भूमिका निभाएकी छिन् । यो चलचित्रमा उनि गंगुबाई जस्तै देखिएकि थिइन्।
रणबीर कपूरलाई देखेपछि धेरैलाई सञ्जय दत्तको सम्झना आउँछ । सञ्जय दत्तको बायोपिक फिल्म सन्जुमा उनले सञ्जय दत्तको हु बाहु लुक राखेका थिए ।
सोनम कपुरले ‘नीरजा’ नामको बायोपिकमा अभिनय गरेकी छिन् । चलचित्रमा उनको लुक पनि वास्तविक नीरजासँग मिल्दोजुल्दो राखिएको थियो ।
फरहान अख्तरले ‘भाग मिल्खा भाग’ नामको बायोपिकमा काम गरेका थिए । फिल्म र वास्तविक मिल्खा सिंहमा धेरै समानता देखिन्छ ।
प्रियंका चोपडाले मेरी कोमको कथालाई पर्दामा उतारिन् । प्रियंकाको लुक त हुबहु थिएन, तर इमोशन एकदमै राम्रो तरिकाले पर्दामा आयो र उनको धेरै प्रशंसा भयो।
रणवीर सिंहले ‘८३’ मा कपिल देवको भूमिका निभाएका थिए । उनले कपिल देवको बोल्ने शैलीदेखि लिएर उनको खेल्ने शैलीलाई पूर्ण रूपमा नक्कल गरे ।
पर्दामा महेन्द्र सिंह धोनीको भूमिका निर्वाह गरेर सुशान्त सिंह राजपुतले पनि चर्चा कमाए । उनले धोनीको चरित्रका लागि कडा मेहनत गरे र धोनीबाट खेल समेत सिके ।
प्रतिक्रिया