मंगलबार, वैशाख ९, २०८२

राष्ट्र बैंकले गर्याे पुनः छ अर्ब २३ करोड रुपैयाँँको ट्रेजरी आव्हान

नेपालखोज २०८० भदौ ३ गते ११:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः छ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीको आव्हान गरेको छ ।

राष्ट्र बैंकका अनुसार भोलि सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । जारी मिति भने भदौ ५ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन ।

बिक्री गरिने कुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको चार अर्ब २३ करोड ३२ लाख र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैंयाँ बराबरको रहेको छ ।

राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने वि.सं २०८० मंसिर पाँच गते र वि.सं २०८१ भदौ चार गते तोकिएको छ ।

यसअघि यही साउन २९ गते पनि राष्ट्र बैंकले २८ दिने अवधिको १० अर्ब, ९१ दिने अवधिको आठ अर्ब र एक सय ८२ दिने अवधिको छ अर्ब रुपैंयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया