डेंगीका मूख्य लक्षण, उपचार र बच्ने उपाय !

डेंगी रोग डेंगी भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाईबाट मात्र सर्छ । थोरै मात्र पानी जम्मा भएको भाँडामा पनि यो लामखुट्टेले फुल पार्दछ र यसको वृद्धि विकास हुन्छ
मूख्य लक्षणहरू
– उच्च ज्वरो आउन
– जोर्नी र मांशपेशीहरू बेस्सरी दुख्नु
– आँखाको गेडी दुख्नु
– बेस्सरी टाउको दुख्नु
– शरीरमा राता बिमिराहरू आउनु
– वाकवाकी लाग्नु वा वान्ता हुनु
डेंगीबाट बच्ने उपायहरू :
– एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्दछ । त्यसमाथि पनि बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकोले सो समयमा थप सचेत हुने ।
– आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिने । पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरि राम्ररी छोपेर राख्ने दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउने ।
– घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।
– बिहान, दिउँसो, राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने
– पूरै शरिर ढाक्ने लुगा लगाउने ।
– पानी राख्ने भाँडाहरू जस्तै ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राखौं । साथै पानी जम्न सक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गरौं ।
– काम नलाग्ने र पानी भरिन सक्ने सामानहरू जस्तै बोतल, टायर, प्लास्टिकका बस्तुहरू पानी जम्न नमिल्ने गरि विसर्जन गर्ने ।
– घररविधालयको अध्याँरा कुना–काप्चा, जस्तैः पर्दा पछाडी, खाटमुनि, शौचालय भित्र, डेस्करबेन्च मुनि आदि जस्ता ठाउँहरुमा किटनाशक औषधि छर्कने गरौं ।
– कम्तिमा हप्ताको एक पटक ऐर कुलर, पानी ट्यांकी, फूलदानी, गमलामा राखिएको प्लेटहरु राम्ररी सफा गरौं ।
लक्षणहरू देखिएमा के गर्ने ?
– स्वास्थ्य संस्थामा गई चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह लिने ।
– घरमै बसेर उपचार गर्ने सल्लाह दिएमा ज्वरो घटाउनका लागि र जीउ दुखेको कम गर्नकोलागी प्यारासिटामोल बाहेक ब्रुफिन र एस्प्रिन जस्ता अन्य औषधीको सेवन नगर्ने ।
– अस्पताल भर्ना हुन सल्लाह दिएमा तुरुन्त भर्ना हुने ।
(चिकित्सकको सल्लाह नलिईकन कुनै पनि औषधी सेवन नगर्ने)
प्रतिक्रिया