मंगलबार, वैशाख ९, २०८२

कति छ आज विदेशी मुद्राको भाउ ?

नेपालखोज २०८० भदौ ७ गते ८:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३२ रुपैयाँ र बिक्रीदर १३२ रुपैयाँ ६० पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १४२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४३ रुपैयाँ २९ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १६६ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६३ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ०८ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ १२ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ १९ पैसा रहेको रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ ३५ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया