बेष्ट फाइनान्सद्वारा विभिन्न गुठीलाई पाँच लाख सहयोग
नेपालखोज
२०८० भदौ ८ गते १९:१९

काठमाडौं । नेवारी मौलिक परम्परागत धिमे बाजाको संरक्षणका लागि बेष्ट फाइनान्स कम्पनी लिमिटेडले उपत्यकाका विभिन्न गुठीलाई पाँच लाख सहयोग गरेको छ ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १० वटा गुठीलाई ५० हजारका दरले आर्थिक सहयोग गरेको हो ।
कम्पनीका प्रमुख लगानीकर्ता गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष राजेन्द्रकुमार शर्माले गुठीका प्रतिनिधिलाई चेक हस्तान्तर गरे । उनले कला र संस्कृतिको संरक्षण प्रवर्द्धन नभएसम्म मुलुक समृद्ध नहुने भन्दै यस कार्यमा सबै जुट्नुपर्ने खाँचो औँल्याए ।
उनले काठमाडौं उपत्यकाको नेवारी संस्कृति पर्यटनको उपज भएकाले कला र संस्कृतिको जगेर्ना गर्दै राष्ट्रलाई योगदान दिन सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए ।
सम्बन्धित
प्रतिक्रिया