बिहीबार, वैशाख ११, २०८२

शिव भक्तिमा अपनाउन सकिन्छ यी उपाय !

नेपालखोज २०८० भदौ ९ गते ५:४०

काठमाडाैं । भक्तहरु भोलेनाथको पूजाका साथ व्रत पनि बस्छन् । विधि(विधानपूर्वक आराधना गर्दै सोमबार गरिएको भगवान् शंकरको उपासनाबाट कैंयन् गुणा बढी फल मिल्छ भन्ने विश्वास गरिन्छ । यदि नोकरी, व्यापार तथा स्वास्थ्यमा सफलता चाहने हो भने यो साउनमा केही उपाय अपनाउन सकिन्छ ।

नोकरीमा सफलताका लागि

भगवान् शिवको अभिषेक गर्नुपर्छ । अभिषेकका क्रममा ‘ओम नमः शिवाय’ को जप गरिरहनुपर्छ । भगवान् शिवजीलाई सेतो फूल अर्पित गरी नोकरीमा सफलताका लागि प्रार्थना गर्नुपर्छ ।

धन प्राप्तिका लागि

बिहान स्नान पछि सफा र चोखो पहिरन लगाउने । त्यसपछि पञ्चामृतले शिवलिंगको अभिषेक गर्ने । अन्त्यमा जलले अभिषेक गर्ने । जलार्पण पछि ‘ओम नमः पर्वतीपतये ‘ मन्त्र १०८ पटक जप गर्ने ।

उत्तम स्वास्थ्यका लागि

साँझ माटोको दीयोमा घिउ तथा कपुर हालेर बाल्ने । यसैगरि चार वटा पातको दियो पनि बाल्ने । यसका साथ जलमा दूध, मिश्री तथा अक्षेता मिसाएर शिवलिंगमा अर्पित गर्ने ।

विवाहका लागि

यदि विवाहमा कुनै किसिमको बाधा उत्पन्न भैरहेको छ भने साउनको सोमबार पहेँलो वस्त्र लगाएरर शिव मन्दिरको दर्शन गर्ने । आफ्नो उमेर बराबरको संख्यामा बेलपत्र लिएर त्यसमा पहेँलो चन्दन दलेर शिवजीलाइ अर्पित गर्ने । प्रतेक बेलपत्र चढाउँदा ‘ओम नमः शिवाय’ को जप गर्ने ।

प्रतिक्रिया