भान्साकोठामा दैनिक गर्नुहोस् यो सानो काम

काठमाडौं । भान्सालाई हिन्दू धर्ममा पवित्र स्थान मानिन्छ। भान्साका बारेमा धेरै महत्त्वपूर्ण कुराहरू पनि भनिएको छ । गरुड पुराण अनुसार भान्साकोठामा दैनिक एउटा काम गर्नाले माता लक्ष्मी प्रसन्न हुन्छिन् ।
गरुड पुराण अनुसार खाना पकाउनुअघि सधैं भान्साको पूजा गर्नुपर्छ । यसैगरि जब भान्साकोठामा खाना बनाइन्छ त्यो खानाको भोग भान्सालाई नै लगाउनुपर्छ। गरुड पुराण अनुसार यसो गर्नाले देवी लक्ष्मी प्रसन्न भई घरमा वास गर्छिन् ।
माता लक्ष्मी कसैमाथि प्रसन्न भए उसको जीवनबाट धनको समस्या हट्छ भन्ने मान्यता छ ।
गरुड पुराणका अनुसार यदि तपाई लक्ष्मी मातालाई रिसाउन चाहनुहुन्न भने सरसफाईमा ध्यान दिनुहोस् । माता लक्ष्मीलाई फोहोर मन पर्दैन। जहाँ फोहोर हुन्छ त्यहाँ माता लक्ष्मीको बास हुँदैन ।
गरुड पुराणका अनुसार धनको घमण्ड कहिल्यै गर्नु हुँदैन । यसबाट माता लक्ष्मी क्रोधित हुन्छिन् ।
माथि उल्लेखित जानकारि प्रामाणिक वा बैज्ञानिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ याे नै पूर्ण सत्य एवं सटीक हाे भन्ने हाेइन । यी कुराहरुलाइ अपनाउनु वा व्यबहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुकाे सल्लाह – सहयाेग आवश्यक हुन्छ ।
प्रतिक्रिया