पाँच अंकले बढ्दा एक अर्बभन्दा कमको कारोबार

काठमाडौं । नेप्सेमा सामान्य करेक्सन देखिएको छ । अघिल्लो दिन २० दशमलव ५४ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने पाँच दशमलव शुन्य नौं अंकले बढेर एक हजार नौं सय ९८ दशमलव ४८ अंकमा चढेको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्र्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४५ अंकले बढेर तीन सय ८३ दशमलव ५६ अंकमा चढेको छ ।
नेप्सेमा आज दुई सय ७९ वटा कम्पनीहरुको ३१ हजार पाँच सय ९९ पटकको कारोबारमा ३६ लाख ७० हजार सात सय ३१ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम ९८ करोड ८६ लाख २८ हजार पाँच सय ६२ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा चार वटा समुहहरुको सुचक घटेर बाँकी समुहहरुको सुचक बढेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक छ दशमलव ६१ अंकले बढेर १२ सय ६५ दशमलव ८४ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुुचक पनि २६ दशमलव ३० अंकले बढेर तीन हजार सात सय ५८ दशमलव ८१ अंकमा पुगेको छ ।
फाईनान्स समुहको सुचक पनि दुई दशमलव २२ अंकले बढेर १६ सय ९७ दशमलव ४६ अंकमा पुगेकोमा जीवन बीमा समुहको सुचक पनि २४ दशमलव ३१ अंकले बढेर १० हजार नौं सय ५९ दशमलव ६० अंकमा पुगेको छ ।
यसैगरी निर्जीवन बीमा समुहको सुचक पनि १४ दशमलव १४ अंकले बढेर १० हजार छ सय १६ दशमलव ८२ अंकमा पुगेकोमा लगानी, सामुहिक लगानी कोष र ट्रेडिङ समुहहरुको सुचक पनि क्रमशः शुन्य दशमलव २०, शुन्य दशमलव शुन्य पाँच र १८ दशमलव ५७ अंकले बढेका छन् ।
जलबिद्युत समुहको सुचक भने एक दशमलव ८८ अंकले घटेर दुई हजार ५४ दशमलव ५६ अंकमा झरेकोमा उत्पादनमुलक, लघुवित्त र अन्य समुहको सुचक पनि क्रमशः दुई दशमलव १५, शुन्य दशमलव २५ र चार दशमलव २५ अंकले घटेका छन् ।
नेप्सेमा आज कुथेली बुखरी स्मल हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर आठ सय ४८ रुपैंयाँ ३० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा स्वाभिमान लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य चार दशमलव ३८ प्रतिशतले घटेर एक हजार एक सय १४ रुपैंयाँ ९० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज लक्ष्मी सनराईज बैंकको प्रतिकित्ता एक सय ८१ रुपैंयाँ २० पैसा अन्तिम मुल्यमा सात करोड ३१ लाख ७९ हजार पाँच सय ५९ रुपैंयाँको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
प्रतिक्रिया