आइतबार, वैशाख ७, २०८२

नेपालबाट लगिएको ५ क्विन्टल रुद्राक्षले सजियो काशी विश्वनाथ मन्दिर

नेपालखोज २०८० भदौ ११ गते १६:२४

काठमाडाैं । साउनको अन्तिम सोमबार विश्वनाथधाममा महादेवको दर्शन गर्न बाबाका भक्तजनको भीड लागेको छ । मंगला आरतीपछि काशीपुराधिपति बाबा विश्वनाथको दरबारको ढोका खुल्दा भक्तजनमा खुसीयाली देखिएको छ । हरहर महादेवको नाराले विश्वनाथ धाम गुञ्जिरहेको छ । रातो कार्पेटबाट भक्तजनको दर्शन–पूजाको प्रक्रिया अबेर रातिसम्म जारी रहने बताइएको छ ।

ज्योतिर्लिङ्ग मध्येको एक श्री काशी विश्वनाथको झाँकीलाई आज साँझ भोग आरतीअघि महादेवको सबैभन्दा प्रिय रुद्राक्षले सजाइनेछ । यसअघि बाबाको गर्भगृहदेखि सम्पूर्ण मन्दिर परिसरलाई रुद्राक्ष र फूलको मालाले सजाइएको थियो । यसका लागि नेपालबाट पाँच क्विन्टल रुद्राक्ष मगाइएको बताइन्छ । उक्त रुद्राक्षले गरिएको अदभुत सजावटले काशी विश्वनाथ धाम परिसर जगमगाएको छ भने त्यसले शिव भक्तहरू मन जितेको छ ।

दाता शिवांश शर्माले मन्दिर परिसर सजाउन नेपालबाट रुद्राक्ष मगाएका हुन् । हिजो आइतबार दिउँसो ३० बोरा रुद्राक्ष नेपालबाट विश्वनाथधाम पुगेको थियो ।

प्रतिक्रिया