मंगलबार, वैशाख ९, २०८२

नेपालमा विश्वकै पहिलो एग्रिकल्चर गेम रियालिटि शोको घोषणा

नेपालखोज २०८० भदौ १५ गते ११:०६

काठमाडौं । विश्वकै पहिलो एग्रिकल्चर गेम रियालिटि शो (RAW (Revolutionary Agriculture War) निर्माण गरिने भएको छ । कृषि, उद्यमशिलता तथा जलवायु परिवर्तनलाई मुख्य आधार बनाएको कार्यक्रमको शनिवार काठमाडौंमा एक कार्यक्रममार्फत घोषणा गरिएको हो ।

इ। स्क्वायर प्राइभेट लिमिटेडले आयोजना गर्न लागेको गेम रियालिटि शोमा एग्रिकल्चर र इन्टरटेनमेन्ट दुई विधाको संयोजनबाट एग्रिटेनमेन्टको परिकल्पना गरिएको छ ।

यो शोमा दुई किसिमका प्रतिस्पर्धी किसान तथा कृषि प्राविधिकले भाग लिने बताइएको छ । किसान भन्नाले कुनै पनि कृषि पेशामा व्यवसायिक रुपले आवद्ध व्यक्ति भनेर परिभाषित गरिएको छ भने कृषि प्राविधिक भन्नाले बिएस्सी एग्रिकल्चर वा सो सरह पढेका व्यक्तिहरू भनेर परिभाषित गरिएको छ ।

कार्यक्रमबाटै शोका सर्जक एवम् निर्देशक शैलेश कँडेल क्षेत्री, मास्टर होस्ट राजेश हमाल, ग्राण्ड जजका रुपमा डा। योगेन्द्र कुमार कार्की तथा डा। नम्रता पाण्डेलाई परिचित गराएको छ ।

कार्यक्रममा बोल्दै मास्टर होस्ट राजेश हमालले नेपालको विकास गर्नु छ भने व्यवसायिक कृषिसँगै कृषि क्रान्ति अपरिहार्य रहेको बताए ।

‘तीन दशक लामो अभिनय यात्रामा कयौं पटक किसानको भूमिकामा देखिएको थिएँ । अब किसानको वास्तविक क्रान्तिमा सहभागी हुन पाउँदा आफुलाई ओजिलो महसुस गरेको छु । यतिका समय देशका विभिन्न तहमा बसेर कृषि क्रान्तिमा गफ गरेको सुनिएको थियो ।

कृषिका विविध आयामहरु कृषि पर्यटन, कृषि वन, पुष्प व्यवसाय, फलफूल खेती, जडीबुटी, अन्नबाली, नगदेबाली, पशुपालन लगायतका क्षेत्रमा उत्पादन, बजार व्यवस्थापन, बिक्री, प्रविधि, दिगो कृषि अभ्यास, वित्तीय ज्ञान, मुल्य श्रृंखला, आदि विषयमा रहेर प्रतिस्पर्धा हुने यो शोको लक्ष्य सकारात्मक मानसिकता विकास गरी सुखी र समृद्ध राष्ट्र बनाउने रहेको बताइएको छ ।

कार्यक्रममा गेम रियालिटि शोको प्रोमो पनि सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया