मंगलबार, वैशाख ९, २०८२

‘एक भगवत् गीता’ को श्रव्यदृश्य सार्वजनिक

नेपालखोज २०८० भदौ १७ गते १८:५६

काठमाडौं । नेपाली चलचित्र ‘एक भगवत् गीता’ को श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गरिएको छ ।

सार्वजनिक श्रव्यदृश्यमा अभिनेता विपीन कार्की ‘कमलामाई’ को भूमिकामा छन् । पहिलोपटक यस किसिमको भूमिका निर्वाह गर्दा आफूले उक्त समुदायलाई बुझ्न पाएको अभिनेता कार्कीले बताए।

अभिनेत्री सुहाना थापाले कलाकार भएपछि मनोरञ्जनसँगै सन्देश प्रवाह गर्ने उद्देशले यो कथामा चलचित्र बनाउन आफ्नो कम्पनीलाई प्रेरित गरेको बताए । उनले भने, ‘हामीले हाम्रो मौलिकतालाई अगाडि ल्याएका छौँ । यसले मिथिलाको कता भनेको छ । यद्यपि चलचित्र हेर्ने दर्शकले भरपुर मनोरञ्जन पाउनुहुनेछ ।’

यौनिक लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई सम्मान, माया र सद्भाव व्यक्त गर्नुपर्ने निर्देशक झरना थापाले बताईन् । उनले भनिन्, ‘लगातार हामीले निर्माण गरिरहेको चलचित्रमा यो फरक छ । प्रेम कथानक भन्दा बाहिर आएर समाजमा रहेको समस्यालाई उठाउने कोसिस गरेका छौँ ।’

प्रतिक्रिया