सोमबार अपनाउनुहोस् यी उपाय

साताको सोमबार भगवान् भोले भण्डारीलाई समर्पित छ । यस दिन महादेवको पूजा–आराधना गर्नाले विशेष फल प्राप्त हुन्छ । वैवाहिक जीवनमा बाधा उत्पन्न भएकाले सोमबार व्रत बसेर विधिपूर्वक पूजाआजा गर्नुपर्छ । जसका कारण उनीहरुले चाहेको जीवनसाथी पाउँछन् । यसका साथसाथै जीवनमा अन्य समस्याहरु छन् भने त्यसलाई समाधान गर्न सोमबार यी विशेष उपाय अपनाउन सकिन्छ ।
१ यदि अचानक कुनै पुरानो कुरालाई लिएर यति रिसाउनु भयो कि तपाई अनियन्त्रित हुनुभयो वा आफूलाई नियन्त्रण गर्न सक्नुहुन्न भने सोमबार ११ पटक नारायण मन्त्रको जप गर्नुहोस्। मन्त्र यस प्रकार छ- ॐ नमो भगवते नारायणाय।
२ यदि व्यापारमा नाफा हुँदैन, जसका कारण कुनै नयाँ काम गर्ने सोचमा हुनुहुन्न र आफ्नो मनोबल पनि घट्दै गएको छ भने कुनै नयाँ काम सुरु गर्नुअघि २ वटा सेतो फूल आफ्नो साथमा राख्नुहोस् र काम सुरु भएपछि त्यसलाई बगिरहेको पानीमा बगाइ दिनुहोस् ।
३ यदि घरका सदस्यहरू बीच कुनै कुरालाई लिएर कलह छ, जसका कारण मन पनि अशान्त छ भने सोमबार बिहान घर नजिकको मन्दिरमा सिंगो सुपारी चढाउनुहोस् र एक कचौरा चामल खाँचो परेकाहरूलाई दान गर्नुहोस् ।
४ उपलब्धिहरू आफ्ना अगाडि भए पनि देखिदैन् । सबै कुरा भए पनि आफूसँग केही नभएको महशुस हुन्छ भने सोमबार कुश वा कम्बलको आसनमा बसेर तुलसी वा रुद्राक्षको मालाले कम्तीमा १०८ पटक जप गर्नुहोस् । मन्त्र यस प्रकार हछ- ऊँ ऐं ह्रीं सोमाय नम :
५ दौडधुपको जीवनमा धेरै पटक मानिस कुनै न कुनै काममा यति धेरै चिन्तित हुन्छ कि ऊ डिप्रेसनमा जान्छ। यसबाट जोगिन सोमबार नुहाएर तुलसीको बिरुवाको ११ पटक परिक्रमा गर्ने र घ्यूको दियो बाल्ने ।
६ मेहनत गरेर पनि राम्रो नतिजा नआएपछि धेरै रिस उठेको देख्नु भएकै होला । तपाईलाई सबै कुरा याद छ तर परीक्षाको समयमा बिर्सनुहुन्छ भने बाहिर जाँदा सधैं आफ्नो खल्तीमा चाँदीको चारकुने टुक्रा राख्नुहोस्।
प्रतिक्रिया