आइतबार, वैशाख ७, २०८२

वर्षामा फर्निचरको हेरचार कसरी गर्ने ?

नेपालखोज २०८० भदौ १८ गते १६:२४

काठमाडाैं । यदि काठको फ्लोर छ भने यसलाई वर्षामा दैनिक सुख्खा कपडाले सफा गर्नुपर्छ भने भिज्नबाट जोगाउनु पर्छ । फलामका फर्निचरलाई खियाबाट जोगाउन वर्षा पूर्व रङ्ग लगाउनु उपयुक्त हुन्छ ।

काठको फर्निचरमा मैन पालिस लगाउने र यसलाई भिज्नबाट जोगाउने । भुइँको चिसोबाट जोगाउन कुर्सी टेबलको खुट्टामा वाशर राख्ने । वार्डरोबलाई धमिराबाट जोगाउन काठको दराजमा कपूर राख्ने । कपाट र दराजमा सिलिका जेल राख्न सकिन्छ । योलबजारमा सजिलै पाइन्छ ।

नोट: सिलिका जेलले सामग्रीलाई नमीबाट जोगाउँछ। यो एक प्रकारको अवशोषक हो जसले हावामा रहेको नमीलाई अवशोषित गर्दछ।

प्रतिक्रिया