बिहीबार, वैशाख ११, २०८२

भगवान् श्रीकृष्णका लागि राशिअनुसार मन्त्र

नेपालखोज २०८० भदौ १९ गते ८:२०

भगवान् श्रीकृष्णको पूजा गर्नाले भक्तले पृथ्वीमा रहेका सबै प्रकारका सांसारिक सुख प्राप्त गर्ने धार्मिक विश्वास छ । यससँगै घरमा सुख, समृद्धि र शान्ति आउँछ । यदि तपाईं पनि भगवान् कृष्णको आशीर्वादको अंश बन्न चाहनुहुन्छ भने कृष्ण जन्माष्टमी तिथीमा आफ्नो मनोकामना पूरा गर्न आफ्नो राशि अनुसार यी मन्त्र जप गर्नुपर्छ । प्रत्येक वर्ष भाद्रपद महिनाको कृष्ण पक्षको अष्टमी तिथिका दिन रोहिणी नक्षत्रमा कृष्ण अष्टमी मनाइन्छ ।

यहि दिन संसारका रक्षक भगवान् कृष्णले धर्मको स्थापना गर्न पृथ्वीमा अवतार लिएका थिए । यो दिन वैष्णव समुदायका लागि विशेष पर्व हो । यो दिन भक्तजनहरूले भगवान् कृष्णको जन्मजयन्ती मात्र नभई भक्तिपूर्वक व्रत बसेर उनको पूजा–आराधना गर्दछन् । भगवान श्रीकृष्णको पूजा गर्दा भक्तले पृथ्वीमा रहेका सबै प्रकारका सांसारिक सुख प्राप्त गर्ने धार्मिक विश्वास छ ।

यदि तपाईं पनि भगवान श्रीकृष्णको आशिर्वादको चाहनुहुन्छ भने कृष्ण जन्माष्टमी तिथीमा आफ्नो मनोकामना पूरा गर्न राशि अनुसार यी मन्त्रहरूको जप गर्न सक्नुहुन्छ ।

– मेष राशिका व्यक्तिहरूले भगवान कृष्णको आशीर्वाद प्राप्त गर्न ‘ओम गोविन्दाय नमः’ मन्त्र जप गर्नुपर्छ ।

– वृष राशिका व्यक्तिहरूले श्रीकृष्ण जन्माष्टमीमा पूजा गर्दा ‘ओम अनन्तय नमः’ मन्त्र जप गर्नुपर्छ ।

– मिथुन राशिका व्यक्तिहरूले भगवान कृष्णको आशीर्वाद प्राप्त गर्न ‘ओम अच्युते नमः’ मन्त्र जप गर्नुपर्छ।
– कर्कट राशिका व्यक्तिहरूले श्री कृष्ण जन्माष्टमीमा पूजा गर्दा ‘ओम माधवाय नमः’ मन्त्र जप गर्नुपर्छ।

– सिंह राशिका व्यक्तिहरूले श्री कृष्णको आशीर्वाद प्राप्त गर्न ‘ओम वासुदेवाय नमः’ मन्त्र जप गर्नुपर्छ ।

– कन्या राशिका व्यक्तिहरूले श्रीकृष्ण जन्मोत्सवमा पूजा गर्दा ‘ओम आदित्यय नमः’ मन्त्र जप गर्नुपर्छ।

– तुला राशिका व्यक्तिहरूले भगवान कृष्णको आशीर्वाद प्राप्त गर्न ‘ओम बलभद्रप्रियनुजय नमः’ मन्त्र जप गर्नुपर्छ।

– वृश्चिक राशिका व्यक्तिहरूले भगवान श्रीकृष्णलाई प्रसन्न पार्न ‘ओम सच्चिदानन्दविग्रहाय नमः’ मन्त्र जप गर्नुपर्छ।

– धनु राशिका व्यक्तिहरूले जन्माष्टमीमा मधुसूदनको आशीर्वाद प्राप्त गर्न ‘ओम मधुरकृत्ये नमः’ मन्त्र जप गर्नुपर्छ।

– मकर राशि भएका व्यक्तिहरूले भगवान कृष्णलाई प्रसन्न तुल्याउन ‘ओम गोपगोपीश्वराय नमः’ मन्त्र जप गर्नुपर्छ।

– कुम्भ राशिका व्यक्तिहरूले बाल गोपाल श्री कृष्णको आशीर्वाद प्राप्त गर्न ‘ओम गोपालाय नमः’ मन्त्र जप गर्नुपर्छ।

– भगवान् कृष्णको आशीर्वाद प्राप्त गर्न मीन राशिका मानिसहरूले ‘ओम जगन्नाथाय नमः’ मन्त्र जप गर्नुपर्छ।

प्रतिक्रिया