बुधबार, वैशाख १०, २०८२

सदगुरु वाणी !

नेपालखोज २०८० भदौ २२ गते ५:००

साधना सँधै यसरी रचना गरिएको हुन्छ – पहिला तपाईं आफूभित्र सन्तुलन स्थापित गर्नुहोस्, अनि तीव्रता ल्याउनुहोस् । सन्तुलनबिना तीव्रता उत्पन्न गर्नाले तपाईंलाई अर्कै दिशामा लैजान सक्छ ।

तपाईंले उच्चारण गर्ने प्रत्येक शब्द, तपाईंले गर्ने प्रत्येक कार्य, तपाईं स्वयम्‌को अस्तित्व— सबैको खुसीयाली र कल्याणको निम्ति हो वा तपाईंमा मात्रै केन्द्रित छ रुरु आफ्नो जीवनको प्रकृति निर्धारण गर्न बस् यो एउटा कुरा ठीक गर्नुहोस् ।

सन्तान हुनुको सुन्दरता भनेको पालनपोषण गर्ने, सहारा दिने अनि यो हेर्ने कि, उनीहरू के बन्नेछन् । तपाईंले उनीहरूलाई ‘हुर्काउनु’ पर्दैन । किनकि त्यसो गर्नु भनेको तपाईं पहिल्यै परिणाम तय गर्दै हुनुहुन्छ ।

धरती र माटो जीवित तत्त्व हुन् । मेरो कामना र आशीर्वाद यो छ, हालको परिस्थितिलाई विनाशको सँघारबाट उल्ट्याउन हामी सबै सिङ्गो मानवजातिको रूपमा एकजुट भई काम गरौँ । माटो जोगाऔँ । आउनुहोस् यसलाई साकार पारौँ ।

कामवासना प्रबल आवश्यकता हो । प्रेम आवश्यकता होइन बरु चाहना हो । जब तपाईं प्रेम गर्नुहुन्छ, तपाईं सहज भावमा रहनुहुन्छस त्योभन्दा बढी केही चाहिँदैन ।

जीवनप्रति अत्यन्तै गम्भीर नबन्नुहोस् । यो छोटो नाटक हो ।

प्रत्येक मानिस प्राण(प्रतिष्ठा गरिएको स्थानमा बस्न पाउनुपर्छस यस्तो स्थान जसले तपाईंलाई भौतिक संसारका तौरतरिकाबाट माथि उठ्न सहयोग गर्दछ ।

योग कुनै दर्शन वा सिद्धान्त होइनस यो यस्तो वास्तविकता हो, जसलाई तपाईंले अनुभव गर्न र गहिराइमा खोज गर्न सक्नुहुन्छ ।

प्रतिक्रिया