विश्वको जुनसुकै भेगमा पाइन्छ आलु

काठमाडाैं । आलु नेपाली भान्साको राजा हो । यद्यपि यो नेपालको मौलिक उत्पादन भने होइन । जुन आलु बिना नेपाली भान्साको कल्पना पनि गर्न सकिदैन त्यो आलु हाम्रा पिता पुर्खाले चाखेका थिएनन् भन्दा तपाईंलाई आश्चर्य लाग्ला । यद्यपि यो सत्य हो किनभने ५०० वर्ष पहिलेसम्म यसको कुनै अस्तित्व थिएन ।
चाहे त्यो परम्परागत परिकार होस् वा फ्रेन्च फ्राइज जस्तो फास्ट फूड आलु सबै परिकारमा संलग्न हुन्छ । चाहे त्यो मुस्ताङ आलुको नामले चिनियोस वा मुडे , पालुङ वा अरु ठाउँको नामले चिनियोस अन्तत आलुलाई दक्षिण एसियामा ल्याउने श्रेय युरोपेली व्यापारीहरूलाई जान्छ । १८ औं शताब्दी सम्म यसको प्रचार देशबिदेस सम्म फैलिसकेको थियो।
आज सबैभन्दा बढि आलु चीनमा उत्पादन हुन्छ, त्यसपछि रूस र भारतमा । आलु हामीलाई आफ्नो परिकार जस्तो लागे पनि यो नेपालमा जन्मिएको होइन । यो दक्षिण अमेरिकाको एन्डिज पर्वत श्रृंखलामा अवस्थित टिटिकाका ताल नजिकै उत्पत्ति भएको हो।
मुगल शासक जहांगीरको समयमा आलु भारतमा आएको थियो। यसको बिस्तारको भारतमा भएका अंग्रेज गभर्नर जनरल वारेन हेस्टिङ्सलाई जान्छ। आज आलु विश्वको चौथो सबैभन्दा महत्त्वपूर्ण बाली भएको छ । धान, गहुँ र मकैपछि संसारमा सबैभन्दा बढि आलु नै उत्पादन हुन्छ ।
प्रतिक्रिया