मंगलबार, वैशाख ९, २०८२

राष्ट्र बैंकले गर्याे पुनः आठ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी आव्हान

नेपालखोज २०८० भदौ २४ गते १३:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुुनः आठ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीको आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भने भदौ २६ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने कुुल ट्रेजरी ९१ दिने अवधिको रहेको छ ।

राष्ट्र बैंकका अनुसार यो ट्रेजरीको परिपक्व हुने अवधि २०८० मंसिर २६ गते तोकिएको छ । यो ट्रेजरीकाहरु पुरानो नविकरण अन्तर्गतका रहेका छन् ।

यसअघि भदौ १८ गते पनि राष्ट्र बैकले २० अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया