सन्सारको लोकप्रिय कार वुलिङ एयर ईभी किन्न प्रभु बैंकले ८० प्रतिशत सम्म कर्जा दिने

काठमाडौं । नेपाली बजारमा वुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सुविधा उपलब्ध गराउन प्रभु बैंकसँग सहकार्यको घोषणा गरेको छ ।
यस सम्बन्धी सम्झौता पत्रमा ईभी नेपाल मोटर्सका तर्फबाट ए.जि.एम. नवराज कोइराला र प्रभु बैंकका तर्फबाट सि.बि.ओ. रेनु प्रसाद पान्डेले हस्ताक्षर गरेका हुन ।
सम्झौता अनुसार वुलिङ एयर ईभी किन्न चाहने ग्राहकलाई प्रभु बैंकले गाडीको मूल्यको ८० प्रतिशत सम्म कर्जा उपलब्ध गराउने छ । २०० र ३०० किलोमिटर रेन्ज दिने दुई भेरिएन्टमा वुलिङ एयर ईभी उपलब्ध छ । यसको मूल्य क्रमशः २०लाख ९९ हजार र ३० लाख ९९ हजार रुपैयाँ छ ।
वुलिङ ईभीले इन्डोसियामा एसएआईसी र जीएमसँगको ज्वाइन्ट भेन्चरमा विभिन्न सवारी साधन उत्पादन गर्ने गरेको छ । वुलिङ एयर ईभी चाहिं इन्डोनेसिया लगाएत बिश्वमा नै लोकप्रिय रहेको इलेक्ट्रिक कार हो ।
ग्लोबल स्मार्ट इलेक्ट्रिक भेइकल प्लेटफर्ममा वुलिङ एयर ईभी बनेको छ । यही प्लेटफर्ममा होङ गुवाङ मिनी ईभी र बाओजुन किवी ईभी समेत बनेका छन्, । वुलिङ एयर ईभी फोर सिटर र थ्री डोर ह्याचब्याक हो ।
सिटी ड्राइभिङका लागि उपयुक्त सो इलेक्ट्रिक कार ३० किलोवाट क्षमताको छ भने यसमा भएको लिथियम आइरन फस्फेट ब्याट्रीले ३ सय किलोमिटर सम्मको रेन्ज दिन्छ । अत्याधुनिक उपकरण प्रयोग गरिएको र उकालो तथा ओरालो जस्तोसुकै कठिन सडकमा पनि यसलाई चलाउन सकिन्छ ।
रिमोटबाटै संचालन गर्न सकिने, सजिलै घरमा चार्ज गर्न सकिने र १०० रुपैयाँ खर्चमा ३०० किलोमिटर चलाउन सकिने यो इलेक्ट्रिक कार चढ्दा खर्चको बचत हुने, इन्धन हाल्न नपर्ने, सर्भिस र पार्ट्स खर्च नहुने तथा वातावरण समेत स्वच्छ राख्न सहयोग पुग्ने कम्पनीको भनाइ छ ।
बज्र ग्रुप घज्ञ बर्ष पुरानो ब्यापारीक घरना हो । कम्पनीले नेपाली बजारमा छिटै अर्कों नया मोडेल वुलिङ बिङगो फोर डोर इभी पनि नेपाली बजारमा लन्च गर्ने तयारी गरेको कुरा कम्पनीका एसिस्टेन्ट जेनेरल म्यानेजर एन के शरदले जानकारी गराए । यो वुलिङ एयर इभी कार खरिद गर्ने ग्राहकलाई नेपालभरी उपलब्ध गराउने सुबिधा छ ।
काठमाडौंको नक्साल, भैसेपाटी, भक्तपुर मा आधिकारिक शोरुमबाट बिक्री भैरहेको छ । नेपालभरी रहेको ५१ भन्दा बढी नेपाल बिधुत प्राधिकरणको चार्जिङ्ग स्टेसनबाट सजिलै छिटो चार्ज गर्न मिल्नेछ । यो इन्डोनेसियाबाट आयात गरेको सन्सारको बलियो सिटि कार हो ।
प्रतिक्रिया