बिहीबार, वैशाख ११, २०८२

भोजपुरमा भेटिए कालाजारका बिरामी

नेपालखोज २०८० भदौ २७ गते १२:५४

भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरमा कालाजारका बिरामी फेला परेका छन् । पौवादुङमा गाउँपालिका-५ सानो दुम्माका दुईजनामा कालाजारको सङ्क्रमण फेला परेको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।

सात वर्षीय बालक बिरामी भएपछि उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गराउँदा कालाजार देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले जानकारी दिए ।

बच्चामा कालाजार देखिएपछि बाह्र जनाको स्वास्थ्य परीक्षण गर्दा थप एक जना ६६ वर्षीय वृद्धमा कालाजार देखिएको पौवादुङमा-५ सानोदुम्माका वडाध्यक्ष बोमप्रसाद राईले जानकारी दिए । वडामा कालाजार देखिएपछि रोकथामसँगै थप फैलन नदिन सजकता अपनाइएको उनले बताए ।

प्रतिक्रिया