बिहीबार, वैशाख ११, २०८२

भारतको केरलामा दुई जनाको ज्यान लिएको निपा भाइरस के हो ?

नेपालखोज २०८० भदौ २८ गते ११:५२

केरला । भारतको दक्षिणी राज्य केरलामा निपा भाइरस सङ्क्रमण भएर दुई जनाको ज्यान गएको पुष्टि भएपछि अधिकारीहरूले चेतावनीको सूचना जारी गरेका छन् ।

अधिकारीहरूका अनुसार निपा भारइस सङ्क्रमणका कारण केरला राज्यको कोजिकोडे जिल्लाका दुईजना विरामीको मृत्यु भैसकेको छ। एक जनाको मृत्यु अगस्ट ३० तारिखका दिन भएको थियो भने अर्काको त्यस अघि नै ।

एक जना मृतकका दुई जना नातेदारमा पनि निपा भाइरसको सङ्क्रमण देखिएपछि अस्पतालमा उनीहरूको उपचार चलिरहेको छ । सन् २०१८ यता केरलामा यो चौथो निपा भाइरस प्रकोप हो ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार निपा भाइरस सङ्क्रमण जनावर वा पशुपक्षीबाट मानिसमा सर्ने ‘जुनोटिक बिमारी’ हो जुन सुँगुर या चमेरा प्रजातिबाट मानिसमा सर्ने गर्छ। यो प्रदूषित खानेकुरा वा सङ्क्रमित मानिससँगको संसर्गबाट पनि सर्न सक्छ।

यो भाइरस सङ्क्रमण भएपछि कसैमा देखिने गरी लक्षणहरू देखा पर्दैनन् तर कसैमा भने सघन श्वास प्रश्वास समस्या देखा पर्छ।

गम्भीर अवस्थामा सङ्क्रमण हुँदा ‘फीटल इन्सेफलाइटिस’ हुन्छ जुन मस्तिष्कलाई प्रभावित गर्ने एक गम्भीर स्वास्थ्य अवस्था हो।

प्रतिक्रिया