सोमबार, वैशाख ८, २०८२

राष्ट्र बैंकले गर्याे पुनः १६ अर्ब ८३ करोड रुपैयाँँको ट्रेजरी आव्हान

नेपालखोज २०८० भदौ ३१ गते १२:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः १६ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीको आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भने असोज दुई गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन ।

बिक्री गरिने कुुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको नौं अर्ब ५३ करोड, एक सय ८२ दिने अवधिको चार अर्ब ३० करोड र तीन सय ६४ दिने अवधिको तीन अर्ब रुपैंयाँ बराबरको रहेको छ ।

राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८० पुस तीन गते, २०८० चैत्र छ गते र २०८१ असोज एक गते तोकिएका छन् ।

यि ट्रेजरी बिलहरु मध्ये तीन सय ६४ दिने अवधिको तीन अर्ब रुपैंयाँ बराबरको ट्रेजरी बिल नयाँ रहेको छ भने बाँकी सबै पुरानो नविकरण अन्तर्गतका रहेका छन् ।

यसअघि यही भदौ २५ गते पनि राष्ट्र बैकले आठ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया