बिहीबार, वैशाख ११, २०८२

धनकुटामा १२ दिने शल्यक्रिया शिविर सुरु

नेपालखोज २०८० असोज १ गते १८:५०

धनकुटा । धनकुटामा आजदेखि १२ दिने निःशुल्क बृहत स्वास्थ्य शिविर सुरु भएको छ ।

‘पहुँच नहुनेका लागि पहुँच’ भन्ने मूल नाराका साथ सम्पन्न हुन गइरहेको सो शिविर अमेरिकाको हवाईस्थित अलोह मेडिकल मिसनको प्राविधिक सहयोगमा सुरु भएको हो ।

शिविरको पूर्व उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापा र अलोह मेडिकल मिसनका टिम प्रमुख क्लेम्प क्रिष्टोफरले संयुक्तरुपमा उद्घाटन गरे ।

शल्यक्रिया शिविर असहाय र निम्न वर्गका सेवाग्राहीलाई सेवा पु¥याउने उद्देश्यले आयोजना गरिएको शिविर आयोजक समितिका संयोजक रोशेष श्रेष्ठले जानकारी दिए ।

शिविरका लागि मिसनका ४१ चिकित्सकको स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको शिविर प्रचारप्रसार संयोजक तथा नेपाल पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष नगेन्द्र राईले जानकारी दिए ।

प्रतिक्रिया