अबदेखि बैंकहरुले दैनिकरुपमा २० केजी सुन आयात गर्न पाउने
नेपालखोज
२०८० असोज ५ गते २०:३२

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई अबदेखि दैनिकरुपमा २० केजी सुन आयात गर्न पाउने व्यवस्था गर्ने भएको छ । अबको केही दिनमा यो व्यवस्था कार्यान्वयनमा ल्याउन लागिएको राष्ट्र बैंक उच्च श्रोतले जानकारी दिएकोछ ।
राष्ट्र बैंकका अनुसार सुन आयात सम्वन्धी २०७६ साल चैत १९ गते जारी गरेको परिपत्रलाई संसोधन गर्दे दैनिक सुुनको आयात कोटा २० केजी तोक्न लागिएको हो ।
१० केजी सुनले बढ्दो बजार माग धान्न नसक्ने भन्दै व्यवसायीहरुले आयात कोटा बढाउन माग गर्दे आएकोमा राष्ट्र बैंकले परिपत्र जारी गरेर सुनको दैनिक आयात कोटा २० केजी पुर्याउन लागेको हो ।
सम्बन्धित
प्रतिक्रिया