बुधबार, वैशाख १०, २०८२

बंगलादेशमा कति छन् हिन्दु ?

नेपालखोज २०८० असोज ७ गते १४:०९

काठमाडौं । बंगलादेश सन् १९७१ मा पाकिस्तानबाट अलग भएर बनेको देश हो । बंगलादेश पनि पाकिस्तान जस्तै मुस्लिम बाहुल्य देश हो, यहाँको अधिकांश जनसंख्या इस्लाम धर्मका अनुयायी छ ।

यद्यपि यहाँ हिन्दु धर्म मान्नेहरुको संख्या पनि राम्रो छ । विश्व जनसंख्या समीक्षाको तथ्यांक अनुसार बंगलादेशमा हिन्दुहरुको जनसंख्या १ करोड ३७ लाख ९० हजार छ ।

बंगलादेश सबैभन्दा बढी हिन्दू जनसंख्याको हिसाबले विश्वमा तेस्रो स्थानमा छ । हिन्दू जनसंख्याको हिसाबले भारतलाई नम्बर एकमा गनिन्छ, यहाँ करिब १०० करोड हिन्दू बसोबास गर्छन् । यसैगरी नेपालको करिब ३ करोड जनसंख्या मध्ये ८० प्रतिशत हिन्दु छन् ।

हिन्दू धर्म ईसाई र इस्लाम पछि विश्वको तेस्रो ठुलो धर्म हो।

प्रतिक्रिया