भारत-नेपाल क्रिकेट : नेपाली टोलीको समर्थनमा डिसहोमकाे २४ घण्टे अफर
नेपालखोज
२०८० असोज १५ गते १४:५९

काठमाडौं । डिसहोमले भोलि मंगलबार भारतविरुद्ध हुने क्रिकेट प्रतियोगितामा नेपाली टोलीको समर्थनमा २४ घण्टा अफर सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना ग्राहकहरुलाई १२ महिनाको रिचार्ज र १२ महिनाको निःशुल्क सेवा प्रदान गर्दै आकर्षक अफर ल्याएको छ ।
एसियाली खेलकुदको क्वार्टरफाइनलमा नेपालले मंगलबार बिहान ६ः४५ बजे ग्वान्जाओमा भारतको सामना गर्नेछ । यस अवसरमा कम्पनीले ‘सपोर्ट अवर पिपल टिम’ अफर सार्वजनिक गरेको छ ।
‘यदि तपाईंले नेपाली नायकहरूलाई आफ्नो समर्थन देखाउनुभयो भने, हामी तपाईंको सदस्यताको मूल्य दोब्बर गर्नेछौं । DishHome Fibernet परिवारको एक हिस्सा भएकोमा धन्यवाद दिने हाम्रो तरिका हो,’ कम्पनीले सामाजिक सञ्जालमा एक पोस्टमा भन्यो । तर, यो अफेयर कहिले सुरु हुन्छ भन्ने प्रश्न भने खुलाइएको छैन ।
सम्बन्धित
प्रतिक्रिया