वास्तु ज्ञान : एक्वेरियमलाई कुन दिशामा राख्ने ?

कतिपय अवस्थामा प्रसस्त मेहनत गरेर पनि परिश्रमको फल पाइदैन भने आजको जमानामा आम्दानी डेढ रुपैयाँ र खर्च एक रुपैयाँको स्थिति छ जसका कारण खर्च धान्न गाह्रो भएको छ । यसमा हाम्रो मेहनत मात्र होइन घरको वास्तु दोष पनि जिम्मेवार हुन सक्छ ।
अशुभ वास्तु दोषका कारण घरमा नकारात्मक ऊर्जा, काममा अवरोध, परिवारका सदस्यहरूबीच मनमुटाव र रोग, धनसम्बन्धि समस्या आदि सृजना हुन्छ । यसबाट धेरै प्रकारका बाधा पनि सामना गर्नुपर्छ। यस्ता समस्याबाट छुटकारा पाउन वास्तुशास्त्रमा केही उपायहरु बताइएका छन् । यी उपाय अपनाउँदा आर्थिक लाभ तथा जीवनमा उन्नति, सुख, समृद्धि एवं वैभव प्राप्त हुन्छ ।
घरको उत्तर-पूर्वी कुनामा एक्वेरियम वा सानो फोहरा राख्नु धेरै शुभ मानिन्छ । देवी-देवताहरू उत्तर-पूर्वी कुनामा बास गर्छन् र यो दिशा घरमा धेरै महत्त्वपूर्ण छ । यो दिशामा फोहोर वा भारी वस्तुहरू राख्नु हुँदैन । पानीसँग सम्बन्धित चीजहरूलाई यो दिशामा राख्नाले भाग्यको ढोका खुल्छ र धनको प्रवाह पनि बढ्छ । यो ठाउँमा पानी जम्मा हुने वा फोहोर पानी नहोस् भन्ने कुरामा ध्यान दिनुपर्छ । यसका साथै घरका सबै ट्यापहरू ठीक हुनुपर्छ । त्यसबाट पानी चुहिनु हुँदैन ।
माथि उल्लेखित जानकारि प्रामाणिक वा बैज्ञानिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ यो नै पूर्ण सत्य एवं सटीक हो भन्ने होइन । यी कुराहरुलाइ अपनाउनु वा व्यबहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुको सल्लाह / सहयोग आवश्यक हुन्छ ।
प्रतिक्रिया