वास्तु ज्ञान : नयाँ गाडी किन्दा वास्तुमा ध्यान

चाडपर्वहरु चाडैं सुरु हुँदैछन् । यो मलमास सकिने बित्तिकै हाम्रा रोकिएका कतिपय काम पुनः सुरु हुनेछन् । हामी मध्ये कतिपयले आउने चाडको मौका पारेर गाडि जोडने योजना पनि बनाएका हौंला ।
नयाँ घर होस् वा गाडी किन्दा वास्तुको नियमलाई ध्यानमा राखेर किन्नु फलदायी हुन्छ । नयाँ गाडी किन्नु अघि वास्तुका कुन(कुन नियम जान्नु महत्त्वपूर्ण छ जानौं :
कहिले किन्न ?
कुनै पनि महिनाको पूर्णिमामा नयाँ गाडी किन्नु शुभ मानिन्छ । पूर्णिमाको १० दिन अघि वा १० दिन पछि नयाँ गाडी किन्न सकिन्छ ।
यस दिन किन्नु हुँदैन
अमावस्या अर्थात औंशीकाे दिन नयाँ बाहन किन्नु हुँदैन ।
कहाँ पार्क गर्ने ?
वास्तुशास्त्रका अनुसार घरको उत्तर(पश्चिम दिशामा गाडी पार्क गर्नु शुभ मानिन्छ । उत्तर(पश्चिम दिशा वायु तत्वसँग सम्बन्धित छ, जुन वाहनका लागि राम्रो मानिन्छ ।
कस्तो रङ छान्ने ?
आफ्नो राशि अनुसार शुभ रंगको सवारी साधन खरिद गर्न सकिन्छ ।
नोट : यो जानकारी केवल विश्वास, धर्मशास्त्र र विभिन्न माध्यमहरूमा आधारित छ। कुनै पनि जानकारीमा अमल गर्नु अघि विशेषज्ञको सल्लाह लिनु उपयुक्त हुन्छ ।
प्रतिक्रिया