सोमबार, वैशाख ८, २०८२

राष्ट्र बैंकले गर्याे पुनः १७ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी आव्हान

नेपालखोज २०८० असोज २१ गते १२:३०

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुुनः १७ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीको आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भने असोज २३ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन ।

बिक्री गरिने कुुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको आठ अर्ब, एक सय ८२ दिने अवधिको छ अर्ब ४६ करोड र तीन सय ६४ दिने अवधिको तीन अर्ब रुपैंयाँ बराबरको रहेको छ ।

राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८० पुस २४ गते, २०८० चैत्र २७ गते र २०८१ असोज २२ गते तोकिएका छन् । यि ट्रेजरीहरु पुरानो नविकरण अन्तर्गतका रहेका छन् ।

यसअघि यही असोज १५ गते पनि राष्ट्र बैकले १८ अर्ब पाँच करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया