ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज्’ , २९९ मै सामग्री हेर्न सकिने

काठमाडौं । ‘कान्तिपुर सिनेमाज् मा इन्टरनेटको माध्यमबाट संसारभर रहेका दर्शकले मोबाइल फोन, एन्ड्रोइड, आईओएस, वेब र स्मार्ट टीभीबाट कान्तिपुर सिनेमाज मा रहेका कन्टेन्ट सजिलै हेर्न सक्ने छन् ।
‘कान्तिपुर सिनेमाज् मा दर्शकले सुरुवातमा ज्याकी आईएम ट्वान्टी वान तथा जुलेबी फिल्म हेर्न सक्नेछन् । यसका साथै वेब सीरीज ‘ब्रह्माण्ड र लभसूत्र पनि हेर्न पाउने छन् । सर्ट फिल्म मदर, ‘खरानी, ऋतु र मिस सेक्रेट लगायत पनि एपमा उपलब्ध छन् ।
कान्तिपुर फिल्म एकेडेमीका सीईओ प्रकाश पुरीले कान्तिपुर सिनेमाज मा मासिक २९९ रुपैयाँ तिरेर सबै सामाग्री हेर्न सकिने जानकारी दिए ।
पुरीले अनलाइन पेमेन्ट गरेर सब्स्क्रिप्सन गर्न सकिने बताउँदै ‘कान्तिपुर सिनेमाज नेपालको पहिलो सब्स्क्रिप्सन ढाँचाको ओटीटी प्लेटफर्म भएको दावी गरे ।
‘यो प्लेटफर्ममा नयाँ नेपाली फिल्म, सर्ट फिल्म र सीरीजहरू हेर्न पाउनु हुनेछ, उनले भने– ‘संसारभर यस्ता खालका ओटीटी प्लेटफर्महरू छन् । जुन आज हलको विकल्पका रूपमा स्थापित भइसकेका छन् ।’
प्रतिक्रिया