आइतबार, वैशाख ७, २०८२

‘छोटो छ जिन्दगी फोटो खिचेर राख’ म्युजिक भिडियो सार्वजनिक

नेपालखोज २०७७ असार ३१ गते १४:००

‘छोटो छ जिन्दगी फोटो खिचेर राख’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

भूपू पाण्डे र मेलिना मैनालीको आवाज तथा ‘मेघ मल्हार’ रागमा तयार गीतमा नारायण नेपालको शब्द रहेको छ । गीतमा गायक पाण्डेले संगीत दिएका छन् भने मुद्रण नरेन्द्र वियोगीले गरेका हुन् ।

गीतमार्फत् मेलिना मैनालीले सांगीतिक क्षेत्रमा डेब्यु गरेकी छन् । शास्त्रीय संगीतमा मास्टर गरेका गायक पाण्डेले आफ्नो गीतमा नव गायिका मेलिना मैनालीलाई मौका दिएका हुन् ।

मगलबार भूपू पाण्डे अफिसियल युट्युव च्यानलमार्फत् सार्वजनिक गरिएको भिडियोमा टिकटकबाट चर्चित उषा उप्रेती र स्वयम् पाण्डेको अभिनय देख्न सकिन्छ । यसभन्दा अघि रोमान्टिक तथा चन्चले अवतारमा देखिने उषाले पहिलो पटक ‘स्याड ट्रर्याजेडी’ भिडियो गरेकी हुन् ।
अछामको ‘तुल्ता’ गाउँ र भारतको ‘राजस्थान’मा खिचिएको भिडियोमा मध्य तथा सुदुरपश्चिम नेपालका जनताको जीवन भोगाईलाई चित्रण गरिएको छ । भौगोलिक विकटताका कारण रोजगारीका लागि काठमाडौंभन्दा नजिक भारत गएका श्रीमान् सम्झँदै, जानुअघि खिचिएको फोटो हेरी पर्खिरहेको, भिडियोमा देख्न सकिन्छ ।

योगेश दाहालको छयांकन, मनोज कार्कीको दृश्य सम्पादन रहेको भिडियोको रंग संयोजन श्याम कुँवरले गरेका हुन् ।

लुमिनस पोस्टओर्क्स, कि–लाइट मोशनपिक्चर र सागर बाबु भट्ट प्रोडक्शनको सहकार्यमा दृश्य निर्माण भएको भिडियोको निर्माता स्वयम् गायक पाण्डे हुन् । भिडियोको रचनात्मक तथा ग्राफिक्सको पाटो पवन सिंखडाले सम्हालेका हुन् भने भिडियोको निर्देशन सागर बाबु भट्टले गरेका हुन् ।

भिडियोमा, परदेशका कारण बिछोडिएका जोडिबीचको प्रगाढ माया र विछोडको पीडालाई निर्देशकले सुन्दर ढङ्गले प्रस्तुत गरेको पाइन्छ ।
‘यो भिडियो बनाउन हामीले धेरै मेहेनत गरेका छौं । सकेसम्म राम्रो बनाउने कोसिस गरेका छौं, दर्शक श्रोताहरुले मन पराईदिनु हुन्छ भन्ने आशा छ’ निर्देशक भट्टले भने ।

प्रतिक्रिया