नेपालमा कोरोनाबाट थप एकको मृत्यु
नेपालखोज
२०७७ असार ३१ गते १७:२३
काठमाडौँ । नेपालमा नोभेल कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटका ३६ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
उनको आज दिउँसो साढे २ बजे उपचारका क्रममा निधन भएको जनाइएको छ । उनी आफ्ना दाजुको अन्तिम संस्कारका लागि भारतको बैंग्लोर गएका र असार २४ गते नेपाल फर्किएका थिए ।
उनी नेपाल फर्किएसँगै रौतहटकै एक क्वारेन्टिनमा राखिएको थियो । रुघाखोकी र ज्वरोको समस्या भएपछि उनलाई असार २९ गते नारायणी अस्पतालको आइसोलेसनमा भर्ना गरिएकोमा थप समस्या भएपछि आज बिहान भेन्टिलेटरमा सारिएको थियो ।
पीसीआरको रिपोर्टमा आज नै पोजेटिभ देखिएको हो । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया